• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Prawas » कुवेतमा पनि एमआरपी पासर्पोट अनिवार्य I
कुवेतमा पनि एमआरपी पासर्पोट अनिवार्य I

नबराज पन्थी, कुबेत - कुवेतमा कार्यरत नेपाली कामदारहरुका लागि अब एमआरपी पासपोर्ट अनिवार्य बन्ने भएको छ ।

नेपाली हस्त लिखित राहादानी दुरुपयोग गरि खाडी मुलुक कुवेतमा अन्य मुलुकका नागरिकहरु पनि भित्रिएको भेटिन थाले पछि कुबेतमा कार्यरत नेपाली कामदारहरुलाई एमआरपी पासर्पोटमा मात्र यात्रा गर्न अग्रिम जानकारी गराउदै नेपाली दुतावास कुवेतले प्रेस विज्ञप्ति जारि गरेको हो ।

कुवेतमा आउने बिदेशी नागरिकलाई प्रबेस दिने या नदिने भन्ने अधिकार कुबेती सरकारको हो । त्यसैले जो सुकै भिसा बाहकलाई संकास्पद देखाई अन्य कुनै कारण देखाई विमानस्थलबाटै फिर्ता पठाउनुको साथै प्रबेसमा रोक लगाउन थाले पछि दुताबासले बिज्ञप्ति मार्फत सचेत  बनाएको हो ।

अन्य मुलुकका नागरिकहरुले पनि नेपाली हस्तलिखित राहदानी प्रयोग गरि कुबेत प्रवेश गरेको  भेटिएकोले नेपाली प्रतिष्ठा र इज्जेत्मा आच आएको  र नेपाली हस्तलिखित राहदानीको विश्वसनियतामा समेत संका उत्पन्न हुनुले नेपाली राहदानी बाहकलाई कुवेत प्रबेस गर्ने क्रममा  बेला बखत विभिन्न समस्या झेल्नुको साथै कडा अध्यागमन जाचमा परि झमेलामा  पर्नुको  साथै  कति कामदार प्रवेश नपाई स्वदेश फिर्ता हुनु परेको कुरा विज्ञप्ति मार्फत जानकारी गराईएको छ ।

 नेपालबाट कुबेत आउने नयाँ कामदारले सकेसम्म (एमआरपी पासर्पोट) मेसिन रिडेवल राहदानीमा मात्र यात्रा गर्न आग्रह गर्दै कुबेतवाट बिदामा जानी कामदारहरुले पनि नेपाल जानु अघि नेपाली दुताबास कुबेतमा निबेदन दिई राहादानी (एमआरपी पासर्पोट) लिन र बिदामा गएका कामदारहरुले पनि नेपाल मै (एमआरपी पासर्पोट) मेशिन रिडेवल राहदानी बनाई कुवेतको यात्रा गर्न अनुरोध समेत गरेको छ।  आफु बिदामा जानु भन्दा  ३ महिना पहिला नै मेशिन रिडेवल राहदानीको लागि नेपाली दुताबास कुबेतमा निबेदन दिन विज्ञप्तिमा भनिएको छ ।
 यदि विदेश नागरिकले नेपाली राहदानी प्रयोग गरेको भेटेमा तुरुन्त नेपाली दुताबास कुबेतमा जानकारी गराउन हुन विज्ञप्ति मार्फत सबैलाई अनुरोध समेत गरिएको छ ।

प्रकाशित मिति: June 19, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |