स्यालको आक्रमणमा परी ७ घाइते
असार ५ – सप्तरीमा स्यालको टोकाईमा परी सात जना घाइते भएका छन् ।
सप्तरी कमलपुर गाविसमा गत आइतबार राति करिब ८ बजे गाउँमा पसेको दुईवटा स्यालले आक्रमण गर्दा दुई महिलासहित सात जना घाइते भएका हुन् ।
स्यालको आक्रमणमा परी घाइते हुनेमा भोला मुखिया, बुनेश्वर मुखिया, दैरिक मुखियालगायतका रहेका छन् ।
घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुर पुर्याइएको छ ।

प्रकाशित मिति:
June 19, 2012