संस्थापनलाई कारबाही गर्न र सशस्त्र संघर्ष सुरु गर्न वैद्य नेतृत्वलाई सुझाव
असार ४ – एकीकृत नेकपा माओवादीको वैद्य पक्षको राष्ट्रिय कार्यकता भेलामा संस्थापन पक्षलाई कारबाही गर्न र सशस्त्र संघर्ष सुरु गर्न समेत नेतृत्वलाई सुझाव आएको छ ।
राजधानीको बौद्धस्थित शेर्पा हलमा राष्ट्रिय कार्यकर्ता भेलाको बन्द सत्रमा बोल्ने वक्ताहरुले यस्तो सुझाव दिएका हुन् ।
बन्दसत्रमा बोल्ने ९० प्रतिशत भन्दा बढी टोलि नेताहरुले नयाँ पार्टी घोषणा गर्न ढिला गर्न नहुनेमा जोड समेत दिएका छन् ।
बन्द सत्रमा बोल्ने अधिकांश टोलि नेताहरुले नयाँ पार्टी घोषणाको प्रस्तावमाथि समर्थन गर्दै नयाँ पार्टी घोषणा गर्न ढिला गर्न नहुने बताएका हुन् ।
२१ समूहमध्ये अधिकांश टोलि नेताहरुले यस्तो बताएपनि वैद्यले जवाफ दिएपछि नयाँ पार्टीको घोषणा हुन सक्नेछ ।
यो समाचार तयार पार्दा वैद्य पक्षको केन्द्रिय समितिको बैठक चलिरहेको छ । सो बैठकले के गर्ने भन्ने विषयमा टुंगो लगाउने छ ।
हिजोको बन्द सत्रमा माओवादी नेता तथा स्थायी समिति सदस्य देव गुरुङले पार्टीको नाम नेकपा क्रान्तिकारी माओवादीको प्रस्ताव गरेका थिए ।
तर आज बन्दसत्रमा भने नेकपा माओवादी (क्रान्तिकारी) नाम राख्न सुझाव दिएका छन् ।
इतिहासलाई हेर्दा :
२०४३ सालको सेक्टर काण्डमा आफ्नो गल्ती महसुस गर्दै आत्मालोचनासहित वैद्यले नेकपा मशालको महामन्त्री पद छाडेपछि पार्टीमा उनका चेला दाहालले रिक्त स्थान भरेका थिए। ४३ सालको चुनावमा वैद्यले पार्टीमा निर्णय नै नगराई प्रहरीचौकीमा विस्फोट गर्न निर्देशन दिएपछि यसको विरोध भएको थियो जसलाई सेक्टर काण्ड चिनिन्छ। त्यही मशाल नै अहिलेको माओवादी हो। त्यही पार्टीमा अहिले वैद्य अढाइ दशकअघि गुमेको आफ्नो भूमिका खोजिरहेका छन् जसमा माओवादीका हस्तीहरू बादल, देव गुरुङ, विप्लव र सिपी गजुरेल ‘गौरवुले सघाइरहेका छन्। असार २ गते बौद्धमा सुरु भएको राष्ट्रिय भेलामा पुरानो पार्टीमा भूमिकाको सम्भावना कमजोर देखेका वैद्यले नयाँ पार्टीमार्फत नै समाजमा आफ्नो भूमिका खोज्ने जानकारी दिएका छन्।

प्रकाशित मिति:
June 18, 2012