झन्डामा गोली हानेको भन्दै अमेरिकासँग कोरिया क्रुर
युद्ध अभ्यासमा आफ्नो देशको झन्डामा गोलि हानेको भन्दै उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग आपत्ति जनाएको छ ।
गतहप्ता आफ्नो मुलुकको झन्डा अमेरिका तथा दक्षिण कोरियाबीच युद्ध अभ्यासमा लक्ष्यको रूपमा प्रयोग भएकोप्रति दक्षिण कोरिया रुष्ट बनेको हो ।
कोरियाली युद्धको ६२ औँ दिवसको अवसरमा एक विदेशी मन्त्रालयका प्रवक्ताले विज्ञप्ति निकालेर आपत्ति प्रकट गरेको हो । दक्षिण कोरियाली भूमिमा आयोजना भएको संयुक्त युद्ध अभ्यासमा दक्षिण कोरियाली तथा दुई हजार अमेरिकी सैनिकले युद्धक विमान, टयांक र हेलिकोप्टरको प्रयोग गरेका थिए ।
त्यस्तै २५ जुनमा कोरियाली युद्धको ६२औँ दिवसमा यस गठबन्धनले पहिलोपटक संयुक्त आक्रमणको अभ्यास गरेको थियो । उनीहरूले यलो सीमामा पनि यस्तै अभ्यास गरेका छन् । यसमा अमेरिकी युद्धक विमान प्रयोग भएको बताइएको छ ।
२५ जुनको युद्ध अभ्यासको समयमा उत्तर कोरियाली झन्डामा प्रहार भए–नभएको विषयमा स्पष्ट हुन सकेको छैन । उत्तर कोरियाको आमसञ्चारले युद्धको घोषणा नगरीकनै एउटा सार्वभौमसत्ता सम्पन्न मुलुकको झन्डामा गोली तथा बम प्रहार गर्नु गम्भीर सैनिक कारबाही तथा राजनीतिक रूपमा अभिप्रेरित उक्साहट भएको दाबी गरेको छ ।
दक्षिण कोरियाको प्रतिरक्षा मन्त्रालयले झन्डाले उत्तर कोरियाको सैनिक निर्देशन केन्द्रलाई संकेत गर्ने भएकाले यसलाई यस्तो अभ्यासमा पहिलोपटक प्रयोग गरिएको जानकारी दिएको छ ।
यसैबीच, उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई निरन्तरता दिने समेत विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रकाशित मिति:
June 26, 2012