प्रचण्ड र बाबुराम भारतीय गुप्तचर संस्था 'रअ'का एजेन्ट भएको एउटा रहस्योदघाटन
२०६१ साल भदौमा रोल्पाको फुन्टिवाङमा सम्पन्न तत्कालीन नेकपा माओवादीको केन्द्रीय समिति बैठकले भारतविरुद्ध सुरुङ युद्धको घोषणा गर्दै तराई क्षेत्रका कतिपय ठाउँमा सुरुङ समेत खनेको थियो। बाबुराम भट्टराईलाई भारतपरस्तको आरोप लगाउँदै लाबाङ बैठकले कारबाही समेत गरेको थियो। त्यही बेला मोहन वैद्य, सीपी गजुरेल, कुलप्रसाद केसी, अनिल शर्मा विरही जस्ता माओवादीभित्रका राष्ट्रवादी छविका नेताहरु भारतमा धमाधम पक्राउ परेका थिए। तर प्रचण्ड र बाबुराम भनें उतिबेलैदेखि भारतीय खुफिया एजेन्सी रिसर्च एण्ड एनालिसिल वीङ 'र' का निकटस्थ रहेको खुलासा भएको छ ।
वर्तमान बाबुराम सरकारका कारण हाम्रो देश मित्र राष्ट्रहरुसँगको कूटनीतिक सम्बन्धमा कति पतन भइसकेको छ भन्ने कुरा माटो जोडिएको जम्मा दुई छिमेकी मित्रराष्ट्रहरुमध्येको चीनका प्रधानमन्त्री वेन जियावाओले भर्खर सम्पन्न रियो दि जेनेरियो सम्मेलनमा भेट पाउन पहिले नेपालदेखि नै प्रयास गर्दा पनि नेपालका प्रधानमन्त्रीलाई भेट गर्न मानेनन् । आजसम्म नेपालसँग कूटनीतिक सम्बन्ध भएको ५७ वर्षमा चीनले नेपालका प्रधानमन्त्रीले भेट्न खोज्दा भेट नदिएको पहिलो घटना हो ।
रियो दि जेनेरियो सम्मेलनको केही दिन अगाडि मात्र अमेरिकामा एउटा पुस्तक प्रकाशित भयो। जसमा नेपालका वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराई र एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले दश वर्ष पहिले जुन २००२ (वि.सं. २०५९) भारतका प्रधानमन्त्रीको कार्यालयमा एउटा लिखित प्रतिज्ञा संयुक्त रुपले लेखी सही गरी चढाएका रहेछन् कि हामीहरु भारतको स्वार्थ चासोहरुलाई प्रतिकूल हुने कुनै पनि काम गर्ने छैनौं। यस्तो कवुलियतनामा मौखिक होइन, लिखित वचनबद्धताको सही गरी उनीहरुले दिएका रहेछन्।
२ बर्ष अघिदेखि लगातार प्रचण्ड र बाबुरामका साथ माओवादी नेतृत्वको उच्चतम तहमा रहेका तर भारतमा जेल परेका सीपी गजुरेल, रामबहादुर थापा बादल र अन्य नेताहरुले प्रचण्ड बाबुराम 'रअ' का एजेन्ट हुन् भन्दै आएका थिए। तर कतिले यसलाई मतभेदको कारण गरिएको प्रचार पनि हुनसक्छ भन्ने सोचेका थिए। एकपटक प्रचण्ड पार्टीका मान्छे र सबैसँग लुकाएर परिवार भेट्न भनी झापातर्फ गएकोमा रातभर गायव भई सिलिगुडी पुगेकोमा रामबहादुर थापा बादलले प्रचण्ड 'रअ' को एजेन्टलाई भेट्न गएको भनी त्यसै बखत भन्नु भएको थियो। र, प्रचण्डले परिवारलाई भेट्न गएकोमा व्यंग्य गर्दै 'रअ' नै प्रचण्डको परिवार भएको बताएका थिए। यी सबै तथ्यहरु अहिले आएर भारतीय पक्षबाटै खुलासा भएका छन् ।
हालै अमेरिकामा प्रकाशित नेपाल इन्ट्रान्जिट फ्रम पिपुल्स वार टु फ्रेजाइल पिस ९ल्भउब िष्ल त्चबलकष्तष्यलस् ाचय्क एभयउभिुक ध्बच तय ाचबनष्भि एभबअभ० नामक लेख संग्रहमा नेपालमा काफी चर्चित नयाँदिल्लीको जवाहरलाल नेहरु युनिभर्सिटिका प्राध्यापक र हाल सिंगापुरमा भिजिटिङ प्रोफेसर रहेका नेपाल विज्ञ एसडी मुनिको पनि एउटा लेख प्रकाशित छ। यस लेखको शीर्षक रहेछ 'माओवादीलाई पहाडबाट तल झार्ने कामः भारतको भूमिका (वि्रङिङ डाउन द माओइस्टस् फ्रम द हिल्सः इन्डियाज रोल)। कुनै समय डा. बाबुराम भारतमा भूमिगत रहँदा भारतको राजधानी नयाँदिल्लीमा उनको पुस्तकको लोकार्पण गर्ने प्राध्यापक एसडी मुनीले यस लेखमा भनेका छन् कि 'वि.सं. २०५९ (जुन २००२) मा प्रचण्ड र बाबुरामले प्रधानमन्त्री कार्यालयमा कागज गरेपछि फेरि भारतीय जासुस एजेन्सीहरुसँग छलफल गरी इन्टेलिजेन्स व्यूरो (आइभी) का मान्छेहरु समक्ष पनि लिखित कागज गरेछन्। अब झन् सम्पर्कहरु र बैठकहरु 'रअ' र माओवादी माझ हुन थाल्यो । '
एसडी मुनि यो पनि भन्छन् कि 'रअ' का प्रमुख हर्मिस थाराकन र बाबुरामबीच राम्रो व्यक्तिगत कनेक्सनका कारण माओवादी र 'रअ' बीच राम्रो समझदारी रह्यो। 'रअ' माओवादी नेतृत्वसँग नियमित सम्पर्कमा रह्यो। यस लेख संग्रहका सम्पादकहरुमध्येका सेवास्टिन भोन एइन्सिडेल संयुक्त राष्ट्रसंघका राजनीतिक अधिकृत भई काठमाडौंमा काम गरिसकेका व्यक्ति रहेछन्। अर्का सम्पादक डेभिड मेलोन क्यानडाका भारत, नेपाल र भुटानका लागि राजदूत भई कार्यकाल बिताइसकेका मानिस रहेछन्। तेस्रा सम्पादक सुमन प्रधान कुनै बखत द काठमाडौं पोष्टका राजनीतिक सम्पादक रहेका थिए। -साँघु साप्ताहिक
प्रकाशित मिति:
July 04, 2012