पार्टी फुटेपछि भट्टराई र वैद्यबीच पहिलो पटक भेट
असार १७ – प्रधानमन्त्री डा बाबुराम भट्टराई र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यबीच भेटवार्ता भएको छ ।
एमाओवादीबाट विभाजित भएर नेकपा–माओवादी गठन गरेपछि पहिलोपटक भएको भेटमा वर्तमान राजनैतिक सङ्कटलार्ई कसरी हल गर्न सकिन्छ भन्ने विषयमा हिजो साँझ छलफल भएको हो ।
एमाओवादीबाट विभाजित भएर नेकपा–माओवादी गठन गरेपछि पहिलोपटक भएको भेटमा वर्तमान राजनैतिक सङ्कटलार्ई कसरी हल गर्न सकिन्छ भन्ने विषयमा हिजो साँझ छलफल भएको हो ।
देशव्यापीरूपमा एमाओवादी र माओवादीका कार्यकर्ताहरूको बीचमा झडपको स्थिति उत्पन्न भएकोमा त्यसलाई मत्थर पार्ने र पार्टी एकताको विषयमा कुराकानी भएको प्रधानमन्त्रीका सहयोगी प्रशान्त लामिछानेले जानकारी दिए ।
अध्यक्ष वैद्यलाई भेट्न उनको निवास गोंगबु पुग्नुभएका एमाओवादीका उपाध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री डा भट्टराईले वर्तमान राजनैतिक सङ्कटको समाधानका लागि सहयोग गर्न आग्रह गरेका थिए ।
जवाफमा अध्यक्ष वैद्यले राजनीतिक सहमतिको वातावरण तयार पार्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
पार्टी विभाजन भएपनि सहमति र सहकार्य कायम गर्दै अगाडि बढ्न र पार्टी एकताको वातावरण तयार पार्नका लागि कसले के कति गर्नुपर्ने हो त्यसमा खुलारूपमा छलफल गर्नका लागि दुबै पक्ष तयार हुनुपर्ने, विवाद तथा झगडा बढाएर भन्दा पनि सहकार्यबाटै अगाडि बढ्न प्रधानमन्त्रीले आग्रह गरेका थिए ।
प्रकाशित मिति:
July 01, 2012