असार १७ – विदेशबाट पसिना बगाएर श्रीमतीसँगै रमाऊ भनेर आएका एक पुरुषले निक्कै अकल्पनिय घटना बेहोर्नु परेको छ । ती श्रीमानले यस्तो पनि घटना बेहोर्नु पर्यो की विदेशमा पसिना चुहाएर ल्याएको पैसा आफ्नै श्रीमतीले लुटुपुटु पारि अर्कै पुरुषसँग भाग्ने सम्मको हर्कत गरिन् ।
नगद लुटेर परपुरुषसँग पोइल जाने ती महिला भने पछि प्रहरीको फन्दामा परेकी छन् ।
बैंकमा जम्मा गर्ने भन्दै श्रीमानसँग ६ लाख २५ हजार नगद र साढे ६ तोला सुन लिएर फरार भएकी दुर्लुङ गाविस(५ पर्वतकी १९ वर्षीया गंगा शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
असार १२ गते दिउँसो पर्वतको सदरमुकाम कुस्मा बजारबाट फरार भएकी शर्मालाई वडा प्रहरी कार्यालय बगर पोखराले शनिबार बिहान पक्राउ गरेको थियो । पोखराको बाग्लुङ बसपार्क नजिक सडकमा हिँडिरहेको अवस्थामा आफन्त र प्रहरीले शर्मालाई पक्राउ गरेका थिए ।
श्रीमान चूडामणिसँगै कुस्मा आएकी शर्माले कृषि विकास बैंक कुस्मा शाखाबाट रकम झिकेर गण्डकी विकास बैंक कुस्मामा रकम जम्मा गर्ने बेला झुक्याएर कास्कीको घान्द्रुक गाविस(७ घर भई नयाँपुलमा बस्दै आएका प्रेमबहादुर नेपालीसँग पोइल गएको प्रहरीले जनाएको छ । शर्माले आफू दोस्रो श्रीमानसँगै बस्ने र १ लाख खर्च भइसके पनि बाँकी गहना र नगद फिर्ता गर्ने बताएकी छन् । उनको दोस्रो श्रीमान नेपाली भने फरार रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।