साउन १६ – रुकुम जिल्लाको सदरमुकाम खलङ्गालगायत रुकुम आसपासका जिल्ला सल्यान, जाजरकोट, रोल्पालगायतका क्षेत्रमा आज साँझ करिब ५:४० बजेतिर भूकम्पको ठूलो झट्का महसुस भएको छ ।
मंगलबार साँझ ५:४० बजे पहिलो झट्का १५∕२० सेकेन्ड जति लामो समयसम्म र त्यसको १० मिनेटपछि दोस्रो झट्का आएको थियो । त्यसको २० मिनेटपछि तेस्रो झट्का आएको थियो ।
जाजरकोटबाट पत्रकार बद्री पन्तले दिएको जानकारीअनुसार जाजरकोटमा सामान्यरुपमा एकैपटक झट्का महसुस भएको बताए ।
त्यस्तै रोल्पाबाट पत्रकार धरेन्द्र डाँगीले रोल्पामा सामान्य कम्पन महसुस गरिएको र केही असर नपरेको जानकारी दिए ।
सल्यान जिल्लामा पनि भूकम्पको सामान्य झट्का महसुस भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
भूकम्पबाट रुकुमलगायत आसपासका जिल्लामा कहाँ कति क्षति भयो भन्ने विषयमा केही थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।
भूकम्पको झट्का महसुस भएपछि रुकुम जिल्लाको खलङ्गा बजार र आसपासका बासिन्दा खुला स्थानमा जम्मा भएका थिए । सो क्रममा रुकुम सदरमुकाममा केहिबेर भागदौड पनि भएको थियो । रासस