प्रहरी निरीक्षककी श्रीमती जिस्काउने पत्रकार पक्राउ
साउन १७ – एक प्रहरी निरीक्षककी श्रीमती जिस्काउने एक पत्रकारसहित दुई जना पक्राउ परेका छन् ।
प्रहरी सहायक निरीक्षक विशाल रानाकी पत्नी सुनिता शाहलाई अभद्र व्यवहार गरेको भन्दै एक पत्रकारसहित दुई युवालाई प्रहरीले थुनामा राखेको हो ।
तर स्थानीयले भने प्रहरीले बिनाकारण कुनै त्यस्तो घटना नै नभई युवाहरूलाई कुटपिट गर्नुका साथै पक्राउ गरेर थुनामा राखेको भन्दै विरोध जनाएका छन् ।
उनीहरुलाई थुनामा राखेपछि स्थानीयहरुको रिहाइको माग गर्दै मंगलबार स्थानीयले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा घेराउ गरे ।
पत्नी सुनितालाई स्थानीय युवाले जिस्काएपछि आक्रोेशित सहायक निरीक्षक रानाले सोमबार राति खलङ्गा–२ सिमलगैरीका बाह«÷पन्ध्र जना युवाहरूलाई कुटपिट गरेका थिए ।
जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत् असई रानाकी पत्नी सुनिता ड्युटी सकेर घर फर्कदँै गर्दा सिमलगैरीमा स्थानीय पुष्पराज गौतमलगायतले चुईगम चपाएर शरीरमा फ्याकेर अभद्र व्यवहार गरेपछि विवाद सिर्जना भएको थियो ।
सुनितालाई अभद्र व्यवहार गरेको अभियोगमा प्रहरीले अन्य दुई युवालाई पनि पक्राउ गरेर थुनामा राखेको छ ।
सुनितालाई अभद्र व्यवहार गरेका कारण थुनामा पर्नेमा पत्रकार गणेश बानियाँ र एसएलसी पूरक परीक्षा दिन आएका रोकायगाउँ–९ का वीरबहादुर नेपाली छन् ।

प्रकाशित मिति:
August 01, 2012