असार ३० – नेपालका लागि चीनका राजदूत याङ हाउलानले नेपाल जस्तै समस्याको गोलचक्करमा फसीरहनु राम्रो नभएको बताएका छन् ।
सधैं समस्याको गोलचक्करमा फसीराख्नु भन्दा अबको समयमा जिर्ण नेपालको सामाजिक र आर्थिक विकासको खाँचोलाई महशुस गर्नु पर्ने बताए ।
नेपाल–चीन जनमैत्री समाजद्वारा आयोजित ‘नेपाल–चीन मैत्री सम्बन्ध र जनमैत्रीको महत्व’ विषयक शुक्रबार राजधानीमा आयोजित अन्तक्र्रिया कार्यक्रममा राजदूत हाउलानले सधैं समस्याको गोलचक्करमा फसीराख्नु भन्दा अबको समयमा जिर्ण नेपालको सामाजिक र आर्थिक विकासको खाँचोलाई महशुस गर्नु पर्ने बताए ।
उनले नेपाल र चीनको भौगोलिक रुपले विशेष गरेर नदी र हिमालले सम्बन्ध जोडीएको बताए । बदलिँदो परिस्थितिमा अझ बलियो बनाउन पारस्परिक सम्मान, विश्वास र पञ्चशीलका सिद्धान्तहरुलाई सशक्त ढंगले अवलम्बन गर्नुपर्ने उनको भनाई छ ।
उनने वर्तमान अवस्था निकै कमजोर र संवेदनशील अवस्थामा पुगेको भन्दै यस्तो अवस्थामा नेपाली राजनैतिक दलहरु विभाजित भएर भन्दा हातमा हात मिलाएर समाधानको बाटोमा लाग्नुपर्ने बताए । समस्या रुपी नट बोल्ट खोल्न सबै राजनैतिक दलको सामुहिक शक्तिको आवश्यकता पर्ने पनि उनले उल्लेख गरेका छन् ।