गरे के हुन्न ? हेर्नुहोस जापानमा । तर, किन हुन्न त नेपालमा ?
उहिलेका बाबे बजैहरु भन्थे मह त्यसै त्यति मिठो भएको होइन । त्यहाँ मौरीहरुको अथाह परिश्रम मिहेनत छ । हुन पनि हो उनीहरु साना छन् तर दिनरात खटिरहेका हुन्छन् । त्यसैले त त्यति मिठो मह बनाउँछन् त नि ।
यस अर्थमा त मान्छेले मेहनति हुन मौरीबाट पाठ सिक्नै पर्छ । अझै बाजे बजैको त्यस्ता कुराहरु कतिपय देशका शासक र जनताहरुले प्रयोगमै गरेका छन् र मह जस्तै मिठो या त सुन्दर सालित धनाध्य देश पनि बनाएका छन् ।
तर हामी नेपाली शासक भने मह जोड्ने मौरीलाई खाईदिने पशु भन्दा पनि तल्लो तहका झै छौँ । यहाँ भएका प्राकृतिक सम्पदालाई समेत उचित सदुपयोग गर्न सकेका छैनौँ । विकासको कुरै गर्दैनौँ । आफू आफू झगडा गरेर दिन बिताउन तल्लिन मात्रै छौँ ।
हामीले पनि गरेमा त सबै नै सम्भव थियो नि तर के गर्ने गर्न लगाउनेहरु नै यस्ता भईदिए कि न त उनीहरुले नै गर्छन या त अरुलाई नै दिन्छन् ।
इच्छा र जागर भए जे पनि गर्न सकिन्छ भन्ने यहाँ एउटा गतिलो उदाहरण रहेको छ । ल हेर्नुस जापानिजहरु कति मिहेनती र जागरिला छन, हामीले पढेकै कुरा हो । हिरोसिमा र नागासाकीमा दोश्रो विश्व युद्धमा अमेरिकाले खसालेको बम र त्यसको असरको बारेमा । तर जापानिजहरुको मेहनत र परिश्रमले संसारलाई नै चकित बनाएर बम खसालेको ठाउँ पुरानै अवस्थामा ल्याईदिए र पुरानो भन्दा पनि झन् नयाँ बनाई दिए ।
विश्लेषकहरु भन्ने गर्थे उक्त बम खसालिएको ठाउँमा दुबो पनि उम्रदैन तर जापनिजहरुले यसलाई गलत
साबित गरिदिए । दुबो नउम्रने भनेको ठाउँलाई यस्तो बनाईदिए त्यहाँ कसैले पनि यहाँ बम खसालेको हो भन्ने कल्पना समेत गर्न नमिल्ने गरी विकास गरी दिए ।
स्मरण रहोस् विश्व युद्धमा नागासाकीमा ६० देखि ८० हजार र हिरोसिमामा डेढ लाखको संख्यामा त्यहाँका जनता मारिएका थिए ।
The 2011 earthquake off the Pacific coast of Tohoku, also known as the 2011 Tōhoku earthquake or the Great East Japan Earthquake . |
तर आज ६ महिना पछि त्यहाँ अर्कै शहरको निर्माण भइरहेको छ । टुक्रिएका घर मन र धनहरु जोडिरहेका छन् । विस्तारै विस्तारै शहरहरु निक्कै सफा बन्दैछन् । त्यो बेला फोहोरको डङ्गुर देखिने ठाउँ आज हरियाली–हरियाली बन्दैछ ।
अन्ततः फेरि पनि कृरो जोडौँ नेपालकै । हाम्रा नेताहरु त्यस्ता ठाउँहरुमा गएका छन् । त्यस्तैका भाषणहरु सुनेका र सुनाएका छन् । तर पनि उनीहरु हाम्रो देशलाई पनि त्यसरी विकास गरेर धनी बनाऊ भनेर कहिल्यै अघि सर्दैनन् ।
हामीले त अभागी नेता पो जन्मएका छौँ कि के हो । उनीहरुलाई कुर्सी भए काफी छ । गाली गर्न पाए भात पच्छ । बरु, अब त हामी आ–आफैँ गाउँ गाउँ, नगर-नगर, शहर–शहरहरुमा मिलेर आफ्नो ठाउँ बनाउन आफैँ पो लाग्ने कि ? हामी हामी मिलेर गरे त के पो हुन्न होला त ?
प्रकाशित मिति:
July 24, 2012