नेपालमै गाईले नब्याउँदै दूध दिएपछि...
साउन ९ – तपाईले अहिलेम्म नब्याएको गाई भैंसीले दुध दिन्छ भन्ने सुन्नु भएको छ । नसुन्नु भएको पनि हुन सक्छ । कुरो क भएछ भने धनगढीमा एक व्यक्तिले पालेको गाईले ब्याउनुभन्दा दुई महिना अघिदेखि नै दूध दिन थालेको छ ।
धनगढी नगरपालिका–८ का टेकनाथ अधिकारीले पालेको होलस्टेन जातको गाईले नब्याउँदै दूध दिन थालेको हो ।
गएको फागुनमा पशुसेवा कार्यालय कैलालीमा कृत्रिम गर्भाधान गराएको गाईको बाच्छीले असार २७ गतेदेखि दूध दिन थालेकोले सबै आश्चर्यमा परेका अधिकारीको भनाई छ ।
नब्याउँदै दूध दिन थालेपछि सो गाई हेर्न अधिकारीको घरमा छरछिमेकीको भीड लाग्ने गरेको छ ।
हर्मोनका कारणले गाईले नब्याउँदै दूध दिएको आशङ्का पशु कार्यालयका प्राविधिकको छ ।

प्रकाशित मिति:
July 24, 2012