नवठगित नेकपा माओवादीका अध्यक्ष वैद्य चीनमा
नवगठित नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरण आजबाट १० दिने औपचारिक चीनको भ्रमणमा निस्किएका छन् ।
चीन र भारत एक अर्कामा कटुरता रहेको र भारतले नेपाली भूमी प्रयोग गरेर चीन विरुद्ध षड्यन्त्रमूलक कार्यहरु गरिरहेको अवस्थामा साम्राज्यवाद र विस्तारवादको विरोधीको रुपमा रहेको माओवादी अध्यक्षको यो भ्रमणलाई सोचे भन्दा पनि महत्वका साथ हेरिएको छ ।
त्यसो त वैद्य नेतृत्वको माओवादीले भारतले हस्तक्षेप गरेको भन्दै राष्ट्रिय स्वाधीनताको आन्दोलन चर्काउने घोषणा समेत गरेको अवस्थामा नयाँ पार्टी गठनपछि औपचारिक रुपमै भ्रमणको निम्तो पाउनुले पनि देशी विदेशी शक्तिका लागि पनि भ्रमणले महत्व बोकेको छ ।
हालैको उच्चस्तरीय चिनियाँ टोलीले नेपाल भ्रमणका क्रममा वैद्यसँग भेटवार्ता गरेको थियो । एमाओवादी उपाध्यक्षसमेत रहेका प्रधानमन्त्री बाबुराम भट्टराईसँग भने नभेटीकनै फर्किएको थियो । त्यही क्रममा टोलीले वैद्यलाई चीन भ्रमणको निम्तो पनि दिएको थियो ।
चीनबाट नै औपचारिक रुपमा भ्रमणको निम्तो आएकाले त्यो पूरा गर्न जान लागेको वैद्यले भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारीसँग छलफल गर्नेछन् । त्यसो त पार्टी विभाजन हुनु ठीकअघि सचिव नेत्रविक्रम चन्दले चीन भ्रमण गरी आफ्नो पक्षलाई चीनको सद्भाव रहेको समेत बताएका थिए ।
यस्ता छन् चीनसँग उठान गरिने विषय:
भारतले षड्यन्त्रमूलक ढंगले होस या त प्रत्यक्ष अप्रत्यक्ष रुपमा नेपालको हरेक तह तप्कामा नाङ्गो हस्तक्षेप गरिरहेको अवस्थामा राष्ट्रिय स्वाधिनताको आन्दोलन चर्काउने घोषणा गरेको माओवादीले यो भ्रमणमा विशेष त आफ्नो नयाँ पार्टी गठन गर्नुको उद्देश्यलाई स्पष्ट पार्दै राष्ट्रिय स्वाधिनताको लडाईमा सहयोग गर्न आग्रह गर्ने बुझिएको छ ।
नेकपा माओवादी पार्टी प्रवक्ता पम्फा भुसालले यो ऐतिहासिक मानिएको भ्रमणमा राष्ट्रिय स्वाधिनता, दुई देशबीचको सम्बन्ध र विकासमा सहयोग बढाउन अध्यक्ष क. किरणले आह्वान गर्ने बताएकी छन् ।
यसरी बुझ्दा पनि वैद्यको भ्रमणमा मुख्यतया: दुई देशबीचको सम्बन्धका विषयमा नै छलफल केन्द्रित हुने भएपनि आन्तरिक केही विषयमा पनि छलफल हुने बताइएको छ ।
सो क्रममा अध्यक्ष वैद्यले चीनबाट आउने सहयोग प्रत्यक्ष रुपमा सरकारलाई भन्दा पनि जनतालाई राहत हुने गरी जनस्तरमा पुर्याउनु पर्ने, चीनसँग सिमाना जोडिएको नाकाहरुमा दुई देशबीच आदानप्रदानमा सहज वातावरण बनाउनुपर्ने जस्ता विषय पनि उठाउने बताइएको छ ।

प्रकाशित मिति:
July 15, 2012