साउन १० – वैदेशिक रोजगारीका लागि ईपीएस मार्फट डेढ वर्ष अगाडी कोरिया पुगेका एक नेपालीले त्यहाँ झुण्डिएर आत्महत्या गरेका छन् ।
छनान फेक्सकदोङमा रहेको ‘सामा सिजन’ नामक कम्पनिमा कार्यरत प्यूठान स्याउलीबाङ ५ का ओमप्रसाद शेरचनले कम्पनीकै शौचालयमा झुन्डीएर आत्महत्या गरेका हुन् ।
शेरचनले आत्महत्या गर्नुको कारण हालसम्म पनि खुल्न सकेको छैन ।
सोही कम्पनीका सँगै काम गर्ने अर्का एक नेपालीले मंगलबार बिहान साढे आठ बजे दाँत दुखेकाले कम्पनी ब्यबस्थापकसंग अस्पताल जान शेरचनले अनुमति लिएको र तर ११:५ बजेतिर उनी शौचालयमा झुन्डिएर मृत अवस्थामा भियातनामकी एक महिला कामदारले फेला पारेको पत्रकार देवेन्द्र सम्बाहाम्फेले बताएका छन् ।
मृतक शेरचन मादक पदार्थ पट्टकै सेवन नगर्ने र कम्पनी ब्यवस्थापनसंगको सम्बन्ध पनि राम्रै भएको बताइएको छ ।
उनको शव हाल छनानकै एक अस्पतालमा राखिएको छ । मृतकका शेरचनका आमा बुबा र दुई भाइ छन् ।
गतबर्ष पनि सो कम्पनीमा पाल्पाका मानबहादुर दर्लामीले भर्याङमा झुण्डीएर नै आत्माहत्या गरेका थिए ।