गंगालाल अस्पताल बचाउन कर्मचारीहरु अख्तियारको ढोका ढकढकाउँदै I
साउन १० – शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भ्रष्टाचार मौलाएपछि अस्पताललाई बचाउन कर्मचारीहरूले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ ।
पछिल्लो चरणमा अस्पताल व्यवस्थापनको लापरवाहीको कारण अस्पताल लथालिङ्ग अवस्थामा पुगेको र सेवाग्राही अस्पताल प्रशासनबाट प्रताडित भएको गुनासो व्यापक मात्रामा आएको थियो ।
मुटुरोगको सुलभ ढंगले सर्वसाधारणलाई उपचार पु¥याउने हेतुले महान सहिद गंगालालको नाममा स्थापना भएको अस्पतालभित्र अनियमितता र भ्रष्टाचार हुनु आफैँमा लाजमर्दो भएको भन्दै अस्पताल सम्बद्ध कर्मचारीहरूले चिन्ता गर्दै आएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार ‘पछिल्लो चरणमा अस्पताल प्रशासनको कमजोरीका कारण अस्पतालमा हरेक क्षेत्रमा अनियमितता र भ्रष्टाचार मौलाउँदै गएको थियो । त्यसलाई रोक्न अस्पताल सम्बद्ध कर्मचारीले पटक–पटक अस्पताल प्रशासन समक्ष गुनासो गरेपनि कुनै सुनुवाई भएको थिएन र त्यसैले बाध्य भएर अख्तियारको ढोका घचघच्याउनु परेको हो ।’
हाल गंगालाल अस्पतालभित्र खासगरी भवन तथा विभिन्न उपकरण मर्मत सम्भार, निशुल्क सेवा र विपन्न वर्गलाई उपलब्ध गराउने सेवामा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचार भएको स्रोतको दावी छ । र यसै विषयमा छानबिन गरी दोषीहरूलाई कारवाही गर्नुपर्ने मागसहित अस्पताल सम्बद्ध कर्मचारीहरूले अख्तियारमा उजुरी दर्ता गराएको स्रोतको दावी छ ।
अस्पताल सम्बद्ध कर्मचारीहरूले अख्तियारमा उजुरी दर्ता गराएपछि अहिले भ्रष्टाचारमा मुछिएका व्यक्तिहरूको विरुद्धमा भएको स्रोतले बताएको छ ।
अहिले उनीहरू आफ्नो कर्तुत लुकाउन विभिन्न राजनीतिक दलका नेताहरू र विभिन्न शक्तिकेन्द्रहरूको ढोका ढकढकाउन पुगेका छन् भने अस्पताल बचाउन इमानदारिता पूर्वक काम गर्ने र आवाज उठाउने कर्मचारीहरूलाई शंकाको दृष्टिले हेर्ने र उनीहरूलाई निगरानीमा राख्ने काम भएको स्रोतको दावी छ ।
अस्पताल प्रशासनले जस्तोसुकै रवैया अपनाएपनि अस्पताल बचाउन र त्यहाँ भित्रको अनियमितता र भ्रष्टाचार रोक्न कर्म चारीको एक समूह कम्मरकसेर लागेको स्रोतको दावी छ ।
स्रोतका अनुसार अब ती कर्मचारीले अस्पताल भित्रको फोहरमैला हटाउन आवश्यक परे आमरण अनसन बस्ने सम्मको तयारीमा जुटेको बताइएको छ ।

प्रकाशित मिति:
July 25, 2012