आठ जना श्रीमानले श्रीमतीविरुद्ध हालेको मुद्धा अघि नबढ्दा श्रीमानहरु आक्रोशित
साउन १० – हाम्रो समाजमा श्रीमतीद्वारा पीडित भएको भनेर उजुरी त कमै मात्रामा पर्ने गरेका छन् । त्यही उजुरी मध्येको एक घटना सुर्खेतका आठ जना पुरुषले श्रीमतीका विरुद्ध हालेको मुद्धा एक वर्षसम्म पनि अघि नबढेपछि उनीहरु दुःखित बनेका छन् ।
उनीहरुले श्रीमतीविरुद्ध उजुरी दर्ता गरेको एक वर्ष बितिसक्दा पनि अहिलेसम्म सम्बन्धित निकायले कुनै सुनुवाइ नगरेको गुनासो पोखेका हुन् ।
श्रीमतीबाट पीडित भएको भन्दै उनीहरूले न्यायका लागि वीरेन्द्रनगर नगरपालिकामा रहेको मेलमिलाप केन्द्र र आवाज संस्थामा उजुरी दर्ता गरेको तर वर्ष दिनसम्म पनि कुनै सुनुवाई नभएको दुखेको पोखेका छन् ।
आठमध्ये पाँच जनाले मेलमिलाप केन्द्र र तीन जनाले आवाज संस्थामा उजुरी दिएका थिए । मेलमिलाप केन्द्रमा गत आर्थिक वर्षमा महिला हिंसाका ६५, जग्गा विवादका ३१ विवाह र जन्मदर्तासम्बन्धी चार, जातीय विभेद्, छोराछोरी पालनलगायतका २०० भन्दा बढी उजुरी परेका छन् ।
केन्द्रमा दर्ता भएका मध्ये १५१ वटा उजुरी मिलाएको छ भने ३४ वटाको कानुनी प्रक्रिया अघि बढ्न सकेको छैन ।
प्रकाशित मिति:
July 25, 2012