मधेसी समुदायलाई एमालेको बाइपास, २९ जनामा एक जना पनि अटेनन्
गत स्थानीय तह तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनबाट पहिलो ठूलो दल बनेको नेकपा एमालेले राष्ट्रियसभामा मधेसी समुदायलाई बाइपास गरेको छ ।
एमालेको भागमा परेका २९ जना राष्ट्रियसभाको उम्मेदवारमा एमालेले एक जना पनि मधेसी समुदायको व्यक्तिलाई स्थान दिएको छैन ।
एमालेले प्रदेश दुईमा एक जना उम्मेदवार उठाएको थियो । प्रदेश दुईमा समेत सप्तरीबाट प्रतिनिधित्व हुने गरी सुमन प्याकुरेललाई उठाइएपनि मधेसी समुदायलाई उठाइएको छैन ।
एमालेले मधेसी समुदायका कसैलाई पनि उम्मेदवार नउठाएपछि एमालेभित्रै यसको आलोचना समेत भईरहेको छ । यसअघिका निर्वाचनमा एमाले प्रदेश दुइृमा कमजोर भएको तर त्यसको समिक्षा पनि नगरिएको र अहिले पनि मधेसी समुदायलाई बाईपास गरिएको भन्दै आलोचना भएको हो ।
प्रकाशित मिति:
January 24, 2018