झलनाथ खनाललाई राष्ट्रपति बन्न विद्या तगारो ! नजिककासँग खनाल भन्छन्– 'विद्याले हदै गर्न थालिन्'
काठमाडौं ७ माघ ।
नेकपा एमाले नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको राष्ट्रपति बन्ने आकांक्षामा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी तगारो बन्ने देखिएको छ । राष्ट्रपति भण्डारीले पुनः कार्यकाल दोहोर्याउने इच्छा देखाउँदै सक्रियता समेत बढाएर लगेकी छिन् ।
![]() |
भण्डारी–खनाल |
पछिल्लो पटक राष्ट्रपति भण्डारीले शितल निवासमा डिनर गर्ने, विभिन्न व्यक्तिसँग भेटघाट गर्ने कार्यलाई तिब्रता दिएपछि खनालले आफू नजिककासँग फेरि राष्ट्रपति बन्न विद्याले हदै गर्न थालेको बताउने गरेका छन् । पछिल्लो समय राष्ट्रपतिमा विद्या कि झलनाथले बाजी मार्लान भनेर अड्कलबाजी समेत गर्न थालिएकाे छ ।
नेता खनाल निर्वाचन अगाडीदेखि नै राष्ट्रपति बन्ने लाइनमा थिए । उनले पार्टी अध्यक्षसँग यो विषयमा कुराकानी गनुृका साथै अध्यक्ष केपी शर्मा ओलीले उनलाई ग्रिन सिङ्गनल दिएको समेत बताइन्छ ।
तर, पछिल्लो पटक भण्डारी पुनः राष्ट्रपतिमा दोहोरिने इच्छा स्वरुप एकाएक सक्रिय बनेकी छिन् । उनले केही दिन अगाडी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारलाई बोलाएर डिनर समेत गरेकी थिइन् ।
राष्ट्रपति/उपराष्ट्रपतिको नै दोहोरिने दाउ
राष्ट्रपति भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनः दुवै जना दोहोरिने दाउमा रहेको पाइएको छ । दुवैले आफ्नो कार्यकाल दोहोर्याउन सक्रियता देखाएका छन् ।
राष्ट्रपति प्रचण्ड, उपराष्ट्रपति ओली फकाउँदै
राष्ट्रपति भण्डारी एमालेको तर्फबाट र उपराष्ट्रपति पुनः माओवादी केन्द्रको तर्फबाट बनेका थिए । अहिले दुवै जना दोहोर्याउने इच्छासहित शक्ति केन्द्रसँग लबिङमा समेत छन् । केही दिन अगाडी राष्ट्रपतिले प्रचण्ड परिवारलाई डिनर गराइन् । त्यसको केही दिनपछि नै उपराष्ट्रपति पुनले एमाले अध्यक्ष ओलीसँग भेट गरेका थिए । स्रोत भन्छ, – ‘दुवै दोहोरिन लागि परेका छन् ।’
प्रकाशित मिति:
January 21, 2018