आइपिएलको बोलकबोल सूचिमा नेपालका सन्दिप लामिछाने
काठमाडौं ७ माघ ।
नेपालका युवा बलर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिताको बोलकबोला (अक्सन) सूचिमा परेका छन् । अक्सन सूचिमा परेकाले उनी आगामी अप्रिलदेखि हुने आइपिएल लिगमा पर्ने सम्भावना छ ।
अप्रिलमा हुने अक्सनका लागि शनिबार सार्वजनिक गरिएको ५ सय ७८ जनाको सूचीमा ३ सय ६० जना भारतीय खेलाडी छन भने नेपालका सन्दीप पनि त्यसमा अटाएका हुन् ।
सूचीमा परेकाहरूको अक्सन आगामी जनवरी २७ र २८ मा बैंगलुरुमा हुनेछ। अक्सन सूचीमा ७० जना क्यापेड खेलाडी छन् भने बाँकी अनक्यापेड छन्। सन्दीप अनक्याप्ड खेलाडीको क्याटागोरीमा परेका छन् ।
सन्दिप यसअघि पाकिस्तान सुपर लिग (पिएसएल) र बंगलादेशको घरेलु लिगको ड्राफ्टमा समेत परेका थिए तर टिममा छनोट भएका थिएनन्।
प्रकाशित मिति:
January 21, 2018