६५ वर्षमै बृद्धभत्ता दिने सरकारको निर्णय
काठमाडौं १० माघ ।
सरकारले अबदेखि ६५ वर्षकै उमेरमा बृद्धभत्ता दिने निर्णय गरेको छ । मन्त्रीपरिषदको आज बसेको बैठकले ६५ वर्ष उमेरमा बृद्धभत्ता दिने निर्णय गरेको हो ।
यसअघि ७० वर्ष पुगेकालाई मात्र सरकारले बृद्धभत्ता स्वरुप प्रतिमहिना २ हजार रुपैयाँ दिँदै आएको थियो ।
नेपालीहरुको औसत आयु बढ्दै गएपनि सरकारले ६५ वर्ष उमेरमै बृद्धभत्ता दिने निर्णय गरेको हो ।
नेपालीहरुको औसत आयु बढ्दै गएपनि सरकारले ६५ वर्ष उमेरमै बृद्धभत्ता दिने निर्णय गरेको हो। आलोचकहरुले भने नेपाली कांग्रेस सरकारबाट बाहिरिने क्रममा लोकप्रियताका लागि निर्णय गरेको बताएका छन् ।
प्रकाशित मिति:
January 24, 2018