• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Technology » लोकस टेक डिबेट २०१८ मा विजयी बन्दै ओएस समूहले हात पार्यो १५ हजार, १६ समूहको सहभागिता
लोकस टेक डिबेट २०१८ मा विजयी बन्दै ओएस समूहले हात पार्यो १५ हजार, १६ समूहको सहभागिता

काठमाडौं १० माघ ।
राष्ट्रिय प्रविधि मेला (लोकस प्रदर्शनी) अन्तर्गत आयोजित टेक डिबेट २०१८ मा ओएस समूह पहिलो बन्दै १५ हजार राशीको पुरस्कार जितेको छ ।

ब्रिटिश संसदीय प्रणालीमा आधारित रहेर गरिएको टेक डिबेटमा १६ समूहले प्रविधि सम्बन्धी पक्ष विपक्षमा भाग लिएका थिए । ओएस टिमले डिबेटको अन्तिममा थापा समूह, आई क्यान्डी र नेम समूहलाई हराउँदै पहिलो बनेको थियो ।

डिबेटमा ओएसका सौभर भट्ट र समूह यू विल नेभर विन एगेनका पवन अधिकारी उत्कृष्ट वक्ता घोषित हुँदै पाँच हजार समूहमा जित्न सफल भए ।

कार्यक्रममा डिबेट नेटवर्क नेपाल र इस्लिंग्तन कलेजको संयुक्त प्रयासमा सम्पन्न गरिएको थियो । डिबेट नेटवर्क नेपालले राष्ट्रिय अन्तराष्ट्रिय रुपमा यस क्षेत्रमा कार्य गर्दै आएको छ ।

डिबेटमा भाग लिदैं सहभागी

लोकस वार्षिक रुपमा आयोजना हुने प्रविधि सम्बन्धी प्रदर्शनी हो । यो लोकसको १५ औं संस्करण हो ।

लोकस हरेक वर्ष पुल्चोक क्याम्पसमा अध्ययरत इलेक्ट्रिकल र कम्प्युटर इन्जिनियरिङ संकायका विद्यार्थीहरुद्धारा आयोजना गरिदैं आएको छ ।

लोकस प्रदर्शनीको यस वर्षका मुख्य नारा ‘स्मार्ट सिटी’ केन्द्रित बनाइएको छ । लोकस प्रदर्शनीको मुख्य प्रदर्शनीहरु आगामी १९ माघदेखि तीनदिनसम्म क्याम्पस परिसरमा चल्ने लोकस मिडिया संयोजक वसन्त चौलागाईले जानकारी दिए ।

प्रकाशित मिति: January 24, 2018

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |