कलेजका प्रिन्सिपलसँगै अर्की विद्या नामक महिलाको भक्तपुरमा हत्या
साउन १६ – भक्तपुरस्थित एक कलेजका प्रिन्सिपलको हत्या भएको छ । भक्तपुर कमल विनायकस्थित नियोलोजन स्कुलका प्रिन्सिपल सुजन पौडेलको आज हत्या भएको अवस्था फेला परेको हो ।
प्रिन्सिपलसँगै विद्या साखकर्मी नामक एक महिलाको पनि त्यहाँ हत्या भएको अवस्थामा शव फेला परेको छ ।
भक्तपुर प्रहरी प्रमुख नारायणसिंह खड्काले दुवैलाई धारिलो हतियार प्रहार गरि हत्या गरिएको अवस्थामा भेटिएको बताएका छन् ।
प्रहरीले घटनास्थल एकान्त बाँसघारीभित्र रहेको र शव भने नजिकै एउटा मोटरसाइकलमा फेला परेको बताएको छ ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ । अहिलेसम्म घटनामा संलग्न कोही पनि पक्राउ भने परेका छैनन् ।
प्रकाशित मिति:
July 31, 2012