बैंकमै पैसा सकियो
२२ असार - नेपाल बैंक लिमिटेड शाखा कार्यालय, रुकुममा पैसाको अभाव भएको छ । आर्थिक वर्ष सकिनै लाग्दा कारोबार ह्वात्तै बढेपछि शाखा कार्यालयमा पैसाको अभाव भएको हो ।
साबिकभन्दा आर्थिक वर्षको अन्त्यतिर कारोबार बढेको बैंकले बताएको छ । काठमाडौँबाट पैसा आउन नसक्दा दुई दिनदेखि कारोबारमा असहजता आइरहेको बैंकले बताएको छ ।
अहिले खातामा जम्मा भएको पैसाको आधारमा निकासा दिने गरेको शाखा प्रबन्धक ठाकुरप्रसाद डाँगीले बताउनुभयो । मङ्गलबार नै पैसा ल्याउने तयारी भए पनि वर्षा नरोकिएपछि बैंकमा पैसा आउन सकेको छैन । बैंकमा दिनहुँजसो घुइँचो हुने गरेको छ ।
आर्थिक वर्ष सकिन करिब हप्तादिनमात्र बाँकी छँदा जिल्लामा रहेका अन्य निजी बैंकमा पनि कारोबार बढेको भए पनि नेपाल बैंक लिमिटेडमा नै पैसा नभएपछि सबै क्षेत्रको कारोबार ठप्प जस्तै बनेको छ ।

प्रकाशित मिति:
July 06, 2012