नगरकोटका १५७ वटा घर भत्काइँदै
साउन ३ – नगरकोट सडक किनारमा रहेका १५७ वटा घर टहारा भत्काइने भएको छ । जिल्ला वन कार्यालय भक्तपुरले जिल्लामा वन अतिक्रमण गरी बनाइएका घरटहराहरु हटाउने भएको हो ।
जिल्ला वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन कार्य दलको निर्णयानुसार पहिलो चरणमा नगरकोट सडक किनारमा अतिक्रमण गरी बनाइएका १५७ घर टहरा भत्काइने भएको हो ।
जसले ७.१५ हेक्टर वन क्षेत्र अतिक्रमण भएको सो कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार नगरकोट गाविस– ४ को राष्ट्रिय वनमा सबैभन्दा बढी ५७ वटा घर टहराले १.४८ हेक्टर वन अतिक्रमण भएको छ ।
त्यसैगरी वडा नं ७ कुशुम सामुदायिक वनमा ६४ वटा घर टहराले ०.९८ हेक्टर वन अतिक्रमण भएको जनाइएको छ ।
जिल्ला वन कार्यालयका प्रमुख कुम्भराज लामाका अनुसार छालिङ गाविसको जाल्पादेवी सामुदायिक वनमा तीनवटा घरले ०.०७ हेक्टर वन र वडा नं ९ को श्रीवन सामुदायिक वनमा चारवटा घरले ३ हेक्टर घर वन अतिक्रमण गरेको छ ।
त्यस्तै वागेश्वरी १ सुविधा वस्तीमा १.०३ हेक्टर वन अतिक्रमण गरी छ वटा घर बनाएका छन् ।
प्रकाशित मिति:
July 18, 2012