वीरगञ्जस्थित एक रेडियोका व्यवस्थापकको भारतमा गोलि हानि हत्या I
असार २३ – वीरगञ्जमा रहेको एक एफएम रेडियोका बजार व्यवस्थापकको भारतमा गोलि हानि हत्या गरिएको छ ।
रेडियो बिन्दासका बजार व्यवस्थापक सन्तोषकुमार गुप्ताको शनिबार बिहान भारतमा हत्या भएको हो ।
भारतको रक्सौल निवासी गुप्ता विज्ञापनका लागि मोतिहारी गएको अवस्थामा हत्या भएको बताइएको छ ।
बिहारको पुर्वी चम्पारण जिल्लाको ढाका चिरैयास्थित फुलबारीमा आज बिहान गुप्ता मृत अबस्थामा फेला परेको त्यहाँको प्रहरीले बताएको छ ।
गुप्ता भारतीय जालीनोटको कारोवारी भएको र त्यसकै कारोबारमा उत्पन्न विवादका कारण उनको हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
July 07, 2012