साउन १२ – प्रत्येक दुई दुई वर्षमा हुने नेपाल र चीनबीचको सीमा सुरक्षासम्बन्धी द्विपक्षीय वार्ता चीनमा सम्पन्न भएको छ ।
चीनको राजधानी बेइजिङमा द्विपक्षीय वार्ता सकेर गृहसचिव सुशीलजङ्ग राणाको नेतृत्वमा त्यहाँ गएको आठ सदस्यीय टोली स्वदेश फर्किएको छ ।
सो वार्तामा वार्तामा सीमा क्षेत्रमा हुने अपराध रोकथाम गर्न दुवै पक्ष सहमत भएको गृह मन्त्रालयले जनाएको छ ।
बैठकमा सीमा सुरक्षा कानुन कार्यान्वयन र आपसी हितका सम्बन्धमा समेत छलफल भएको बताइएको छ ।
बैठकमा चिनियाँ पक्षको नेतृत्व जनवादी गणतन्त्र चीनका सार्वजनिक सुरक्षा मन्त्रालयका उपमन्त्री चेन जिमिनले गरेका थिए ।
प्रत्येक दुई–दुई वर्षमा पालैपालो नेपाल र चीनमा हुने सचिवस्तरीय बैठकमा सीमा क्षेत्रमा हुने अपराध, लागुऔषध ओसारपसार, मानव बेचबिखन, तस्करी, अवैध आवागमनलगायतका विषयमा छलफल हुने गरेको छ ।
बैठकमा चिनिया पक्षले सिमा क्षेत्रमा तिब्बतीयनको विषयलाई लिएर गम्भीरता हुन संकेत गरेका थिए । चीनका लागि नेपालबाट हुने भनेको सबैभन्दा ठूलो विषय नै तिब्बती समस्या हो । त्यसो त चीनले नेपालसँग तीब्बतीको विषयलाई संसकित पनि हुँदै आएको छ ।
अब दुई देश बीचको द्विपक्षीय बैठक आगामी सन् २०१४ मा नेपालमा गर्ने सहमति भएको छ ।