प्रचण्डपुत्र युवती लिएर सुटुक्क पटनामा !
असार २६ – केही न केही उत्फटाई गरेर चर्चामा आइरहने एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहाल यो पटक भने एक युवती अर्थात आफ्नै पार्टी निकट विद्यार्थी नेतृलाई भगाएर गायब भएको खबरले चर्चामा आएका छन् ।
यतिबेला प्रचण्डपुत्र गायब भएको मात्रै नभएर तेस्रो विवाह गरेको चर्चा व्यापक रुपमा चलेको छ ।
त्यसो त उनलाई आफ्नै बाउ अध्यक्ष रहेको पार्टीले केटी लिएर भागेको अभियोगमै पार्टीको साधारण सदस्य नरहने गरी कारबाही समेत गरेको छ ।
प्र्रचण्डपुत्र गत २० गतेदेखि घरमा आएका छैनन् भने उनले बोक्ने गरेको मोबाइल स्वीच अफ छ । उनीसँगै सरस्वती क्याम्पसकी स्ववियू सभापति बिना मगर पनि सम्पर्क बिहिन अवस्थामा छिन् । यी दुई यसअघि सगरमाथा चढ्दा खासाखुसी मात्रै नभएर उनीहरुको लभस्टोरी सबै टोलिका अगाडी छताछुल्ल समेत भएको थियो । त्यसकारण पनि उनीहरु दुवै जना बिहे गरेर भागेको चर्चा चलेको छ ।
छोरा घरमा नआएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारले सबैतिर खोजि गरिरहेको छ ।
यसै क्रममा ऐक्यवद्धताको अनलाइन सोलिडारिटीले भने उच्च स्रोत उल्लेख गरेर प्रकाश दाहाल युवतीलाई लिएर पटना पुगेको खबर प्रकाशित गरेको छ । त्यसो त हिजोदखि सामाजिक सञ्जाल फेसबुक ट्विटरमा उनीहरु बिबाह गरेर भागेको चर्चा शिखरमा पुगेको छ ।
यदि, सो खबर साँचो हो भने प्रकाशले तेस्रो बिहे गरेका छन् । प्रकाशले यसअघि नै दुई बिहे गरिसकेका छन् भने बिना पनि विवाहित नै हुन् । प्रकाशले पहिले माओवादी सचिव पोष्टबहादुर बोगटी दिवाकरकी छोरी प्रभासँग विहे गरेका थिए । प्रभासंग जनवादी हिसाबले भएको विवाह आपसी समझदारीमा सम्बन्ध विच्छेदमा पुगेको थियो ।
त्यसपछि झण्डै चार वर्षअघि उनले काश्की पोखराकी श्रृजना त्रिपाठीसंग मागी विवाह गरेका थिए । श्रृजनाबाट एक छोरा छन् । उनी अहिले लाजिम्पाट निवासमा छिन् ।
बिनाको पनि माओवादी कार्यकर्ता शंकर अधिकारीसँग करिब तीन वर्षअघि विवाह भएको थियो । बिना एमाओवादीतर्फ छिन् भने शंकर वैद्य पक्षले नेतृत्व गरेको नेकपा(माओवादीको ललितपुर जिल्ला समितिमा कार्यरत छन् । पार्टी विभाजनपछि मगर दम्पतीको सम्बन्ध बिग्रिएको थियो ।
प्रकाश र विना चार दिनदेखि संगै बस्दै आएको पनि समाचारहरुमा उल्लेख गरिएको छ ।
प्रकाश र बिनाको सम्बन्धबारे चर्चा चुलिएपछि अध्यक्ष दाहालले छोरा प्रकाशलाई केही दिनअघि सोधपुछ गर्दै व्यवहार परिवर्तन गर्न चेतावनी दिएको र त्यसलाई अस्वीकार गर्दै प्रकाश परिवारबाटै सम्पर्क बिहीन भएको खबर पनि कान्तिपुर अनलाइनले छापेको छ ।
यही विषयलाई लिएर हिजोदेखि चर्चा निक्कै चलेपनि अनि एमाओवादीले उनलाई सोही विषयमा कारबाही नै गरे पनि उनीहरुले बिहे गरेको हो या त होइन भन्नेबारे भने अहिलेसम्म पुष्टि हुन बाँकी छ ।
यो पनि नछुटाउनुस्
- प्रचण्डपुत्र प्रकाशको बिनासँगको रोचक सगरमाथा लभ डायरी
- प्रचण्डपुत्र बिनासँग भागेपछि पार्टीबाट पनि निस्काशित

प्रकाशित मिति:
July 10, 2012