'प्रधानमन्त्री गेट आउट'को पक्षमा कांग्रेस एमाले
असार २६ – प्रधानमन्त्री बाबुराम भट्टराइले आज बोलाएको वैठक विपक्षी दलहरुले बहिष्कार गर्ने भएका छन् ।
बजेट, संविधान सभाको चुनाव लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री भट्टराइले आज सर्वदलीय वैठक बोलाएपनि विपक्षी दलहरु प्रधानमन्त्रीले राजीनामा दिनै पर्ने पक्षमा अडिक रहेका हुन् ।
प्रधानमन्त्री भट्टरार्इ पदमा रहेसम्म कुनैपनि विषयमा सहमति हुन नसक्ने अडानमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले, नवगठीत नेकपा–माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनशक्ति पार्टी लगायतका विपक्षी दलहरुले प्रधानमन्त्रीले बोलाएको वैठक बहिष्कार गर्ने निर्णय गरेका हुन ।
राष्ट्रिय सहमतिको सरकार गठनका लागि बाटो खोल्नुको सट्टा आप्mनो औचित्य सावित गर्न खोजेको भन्दै विपक्षीहरुले बैठक बहिष्कार गर्नेमा पुगेका हुन् ।
प्रकाशित मिति:
July 10, 2012