आचार्य संयुक्त राष्ट्रसङ्घको उप–महासचिवमा नियुक्त
साउन ३१ – संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले न्युयोर्कस्थित नेपाली नियोगका प्रमुख ज्ञानचन्द्र आचार्यलाई राष्ट्रसङ्घको उप–महासचिव पदमा नियुक्त गरेका छन् ।
महासचिव बानले उहाँलाई अति कमविकसित, भू–परिवेष्ठित तथा विकासशील साना टापु मुलुकको उप–महासचिवमा हिजो नियुक्त गरेको उप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बताए ।
आचार्यको यो नियुक्ति नेपाल र नेपालीका लागि गौरव र गरिमाको विषय भएको उनले सङ्क्षिप्त प्रतिक्रिया दिएका छन् ।
राष्ट्रसङ्घको उप–महासचिवजस्तो गरिमामय पदमा नियुक्त हुने उनी पहिलो नेपाली हुन् । रासस
प्रकाशित मिति:
August 15, 2012