राजावादीसँग हिमचिम बढाएपछि पत्र लेखेर हटाइयो राजपा महामन्त्रीलाई
भदौ १५ – राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सुर्य बहादुर थापाले महामन्त्री केशरबहादुर विष्टलाई राजावादीसँग हिमचिम बढाएपछि एक पत्र लेखेर पदमुक्त गरेको घोषणा गरेका छन् ।
पार्टी अध्यक्ष थापाले महामन्त्री विष्टललाई आज पत्र लेखेर पार्टीका कार्यकर्ता भड्काएको आरोप लगाउँदै पदमुक्त गरेका हुन् ।
विष्टमाथि पूर्वराजासँग साँठगाँठ गरिएको आरोप पनि लगाइएको छ । उनले पार्टीलाई प्रतिगमन तर्फ लैजान क्रियाशिलता देखाएको तर उक्त कुरा अलिहेको आवश्यकता नभएको जनाउँदै पार्टीबाट निष्काशन गरिएको हो । विष्ट राजतन्त्र फर्काउनु पर्छ भन्नेमा रहेको जनाइएको छ ।
जनशक्तिका पार्टी प्रवक्ता किरण गिरीले पार्टी विपरित गतिविधि गरेकाले उनलाई पदमुक्त गरिएको बताएका छन् ।
विष्ट विगत ६ महिनादेखि पार्टीका कुनै पनि कार्यक्रममा सहभागी भएका थिएनन् । पार्टी नेतृत्वले पार्टीका कुनै पनि जिल्ला अधिवेशनमा उनी सहभागी नभएको तर उनले कार्यकर्तालाई भने पार्टी छाडेर आफूलाई साथ दिनुपर्छ भन्दै हिडेको समेत आरोप लगाएको छ ।
प्रकाशित मिति:
August 31, 2012