भारतीय प्रधानमन्त्रीले एक घण्टा प्रधानमन्त्री भट्टराईलाई मात्रै भेटे
भाद्र १५- प्रधानमन्त्री डा.बाबुराम भट्टराई र भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह बिच कुनै सहयोगी बिना वन टु वान एक घण्टा वार्ता भएको छ ।
तेहरानमा जारी असंलग्न मुलुकको शिखर सम्मेलनमा भाग लिन पुगेका दुई छिमेकी देशका प्रधानमन्त्री बीच बिहिबार राति भेटवार्ता भएको हो । वार्तामा दुईपक्षीय हितका विषयमा छलफल भएको छ छ । भेटमा दुई प्रधानमन्त्रीले वार्ताका क्रममा दुवै पक्षका कुनै पनि सहयोगी सहभागि गराइएन ।
दुई प्रधानमन्त्रीका बीचमा एकघण्टा बढी कुराकानी भएको छ । भारतीय प्रधानमन्त्री सिंहले नेपालको राजनीतिक गतिरोधको बारेमा जिज्ञासा राखेको प्रधानमन्त्रीलाई उल्लेख गर्दै राष्ट्रिय समाचार समितिले उल्लेख गरेको छ । भेटमा प्रधानमन्त्री भट्टराईले भारतले नेपाललाई दिने भनेको २०० मेगावाट विद्युत् पूर्णरुपमा उपलब्ध गराउन र प्रशारण लाइनको समेत व्यवस्था गरिदिन आग्रह गरेका छन् । राससले उल्लेख गरे अनुसार भारतीय प्रधानमन्त्री सिंहले पूर्व सहमति अनुसार नै नेपाललाई तत्काल २०० मेगावाट विद्युत उपलब्ध गराउँने बताएका छन् ।
प्रधानमन्त्री भट्टराईले नेपालको विकासका लागि आर्थिक सहयोगको सँगै लगानी बढाउँन समेत आग्रह गरेका थिए । दोहोरो आर्थिक वृद्धिको लक्ष्य हासिल नगर्दासमम जनताको आर्थिक जीवनस्तर न्यून हुने भएकाले यसका लागि सरकार लागि परेकाले भारतले सहयोगका हात बढाउँनु पर्ने धारण प्रधानमन्त्री भट्टराईको थियो ।
प्रकाशित मिति:
August 31, 2012