झलनाथ खनालको अल्का अस्पतालमा शल्यक्रिया हुँदै
भदौ १६ – नेकपा एमाले अध्यक्ष झलनाथ खनालको अहिले अल्का अस्पतालमा शल्यक्रिया भइरहेको छ ।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री समेत रहेका उनी शनिबार बिहान अस्पताल भर्ना भएका हुन् । खनाल पत्थरीको समस्याबाट पीडित रहँदै आएका छन् ।
उनको अल्का अस्पतालका युरो सर्जन डा. सुमन शर्मा, डा. राजेश वटाजु र भारतका एपोलो अस्पतालका युरो सर्जन डा. अशुमान अग्रवालको टिमले लेजर टेक्नोलोजीबाट अप्रेसन गर्ने बताइएको छ ।
प्रकाशित मिति:
September 01, 2012