जाउँ हिड पोखराका टु पिसहरु पैसाबिहीन
भदौ १६ – निर्देशक शोभित बस्नेतले निर्देशन गरेको चलचित्र जाउँ हिड पोखरामा दिनभर टु पिसमा नाचे बापतको पारिश्रमिक नदिएपछि विवाद उत्पन्न भएको छ ।
उक्त चलचित्रको एक गीतमा नायिका रेखा थापा र केही कोरसहरुलाई स्विमिङ पुलमा टु पिसका साथ नचाईएको हो । जहाँ थापा पनि छोटो ड्रेसमा नाचेकी छन् भने कोरसहरु टु पिसमा नाचका छन्, तर जब काम सिद्धियो त्यसपछि कोरसहरुले पैसा नपाएपछि उनीहरु रिसले चुर बन्न पुगेका छन् ।
गत जेठमा नै छायांकन गरिएको उक्त गीतका कोरसहरुले अहिलेसम्म पनि तलब नपाए पछि उनीहरु शोभित बस्नेतसँग चुर बनेका हुन् ।
कोरस डान्सरहरुले एक दिन बराबर २ हजारदेखि २५ सयसम्म पारिश्रमिक पाउने गर्छन भने राजधानी बाहिर गएको अवस्थामा पारिश्रमिक बढेर ३ हजारसम्म पुग्ने गरेको छ । तर कोरसहरुले भने अहिलेसम्म सुक्कोसमेत पैसा पाएका छैनन् ।
यो गीतमा पैसा नपाएर एकातिर कोरसहरु फायर छन् भने अर्कातर्फ गीतमा नृत्य निर्देशन गरेका शंकर बिसी समेत टाउको दुखाईमा परेका छन् । शंखर बिसीले निर्देशक शोमित बस्नेतलाई फोन गरेर पारिश्रमिक माग्दा उनले विभिन्न बहानामा टाढ्ने गरेको र पछिल्लो समय फोन समेत नउठाउने गरेको चर्चा चल्न थालेको छ ।
तर शोभित बस्नेत भने केही रकम दिईसकेको बताउँदै सबैले गीतको सम्पादनपछि रकम दिने गरेको तर्क गर्दै आफू पनि त्यसै गर्ने बताउँछन् ।
प्रकाशित मिति:
September 01, 2012