हातमा सिप छ र कलामा गला भए पनि नेपालीलाई विदेशमा काम दिदैनन्
पशुपती श्रेष्ठ दोहा, कतार: नेपालको बढदो बेरोजगारी राजनीतिक अस्थिरता बन्द हडताल अनि कसैको लहलहैमा लागेर प्रदेशमा आएका नेपाली युवाहरु लाखौँ छन् ।
घरको आर्थिक अवस्था कमजोर तथा परीवारलाई सुखि अनि खुशी पार्न नेपालमा रोजगारीको श्रृजना नमिलेपछि लाखौँ रुपैयामा आफुले आफूलाई नै बेचि प्रदेशिएका युवाहरु वर्षौ सम्म प्रदेशमा बस्नुपर्ने बाध्यता छ ।
दिनहु १२ र १३ घण्टा सम्म आगो जस्तो घाममा बर्खामासको झरीमा लिछिप्पै भए जस्तै गरी जसो तसो आएको रिन तथा गाउँघरमा सोचिने नराम्रो दृष्ट्रिकोणले गर्दा पनि २ वर्षको करार अवधि अनुसार बस्नुपर्ने बाध्यता छ । १० वर्ष यताबाट प्रदेशि जीवन काटिरहेका नुवाकोट ५ लातेवाजका राजकुमार श्रेष्ठ नेपालमा छदा सुपादेउराली टुर एण्ड ट्राभल्समा सहचालकको रुपमा काम गरेका श्रेष्ठ दिल्लीमा केहि वर्ष र अहिले कतारमा ५१ महिना काटिसकेका रहेछन् ।
देशमा बढदो बेरोजगारी र राजनीतिक खिचातानि र बन्द हडतालले गर्दा जिविको पार्जन गर्न नसकेपछि उनि विदेशिएका रहेछन् । कतारको एक कम्पनिमा इलेक्ट्रिसियनको हेल्परमा आएका श्रेष्ठ अहिले काम जानेर इलेक्ट्रिसियन काम गर्दै रहेछन् । महिनामारी १२ सय रियल नगद खादै आएका उनि खुशी छैनन्। यहाँ आएर काम सिकेको र कतारको ड्राईभर लाईसेन्स समेत निकालेको उनले बताए । कम्पनिले ड्राईभरको काम दिएको छैन अब घर फर्किएर अन्य देशमा जाने विचार गरेको छु ।
उनि भन्छन प्रदेशमा कमाउन आएको हो यति थोरै पारिश्रमिकमा काम गर्न जागर छैन। कतिले हातमा शिप नभएर महिनामारी ७ र ८ सयमा पनि काम गरेका छन आफुले शीप जानेर पनि काम पाएको छैन्। अब घर फर्किने विचार गरेको छु । हेरौ कम्पनिले ड्राईभर काम नदिए छिट्टै नेपाल फर्किने श्रेष्ठले बताए। श्रेष्ठ मात्र नभई धेरै नेपालीहरु विदेशमा भनेको काम र दाम नपाएर पनि बसेका छन्। लाखौ रुपैयामा बेचिएर यो आगो जस्तो घाममा काम गरीरहेका नेपालीहरुको हालत कस्तो होला ? त्यस्तै अर्का एक पोखराका बावुराम सुवेदी पनि दुई वर्ष पहिले कतार आएका सुवेदी अहिले घर जान भनि दुई महिना यताबाट कोठामा बसिरहेका रहेछन् । तर कम्पनिले भने आज दुई महिना बितिसक्दा पनि घर पठाएको छैन् ।
उनि भन्छन घर जान भनि बसेको छु कम्पनिमा कहिले पठाउछस मलाई घर भन्दा भोली पर्सि भन्दै दुई महिना बितिसक्यो यहाँ बसेको पैसा पनि दिदैन न त घर पठाउछ उनले भने यो कम्पनिले म मात्र नभई अन्य साथिहरुलाई पनि दुई तिन महिना बसालेर मात्र घर पठाएको थियो ।
मलाई कहिले पठाउने हो दुई वर्षको करार अवधि पुरा गरेर पनि घरमा जानु छैन घरको धेरै याद आएको छ । उनी भन्छन अब विदेशमा भनेपछि कहिल्यै नआउने पनि बताए । यस्ता दुख पिडाहरुलाई कसले बुझिदिन्छ त यिनै नेपालीले कमाएर पठाएको रेमिट्यान्सले देश चलेको छ र पनि प्रवासि नेपालीको दुखलाई नहेरेर आफ्नो मात्र स्वार्थ हेरिरहेको नेपाल सरकारले कहिले दिन्छ त पर्देशी नेपालीहरुलाई मलम र पट्टी ?

प्रकाशित मिति:
August 02, 2012