साउन १७ – नेपालको तर्फबाट लण्डन ओलम्पिकमा भाग लिएकी श्रेया धितालले कुनै पदक हात नपारेपनि राष्ट्रिय किर्तिमान भने रचेकी छन् ।
बुधबार भएको एक सय मिटर फ्रि स्टाइल प्रतिष्पर्धामा श्रेयाले एक मिनेट दश दशमलव ८० सकेन्डमा प्रतिष्पर्धा पुरा गरेर आफ्नो पुरानो कीर्तिमान तोड्न सफल भएकी हुन् ।
पौडिमा पदक जित्नु त्यति सहज नभएको बताउँदै उनले जाने बेलामा पनि प्रतियोगितामा राष्ट्रिय किर्तिमान सुधार्न प्रयास गर्ने बताएकी थिइन् ।
अब नेपालका तीन खेलाडीको प्रतिष्पर्धा बाँकी रहेको छ । बाँकी इभेन्टमा बिहीबार पौडीका प्रसिद्धजंग शाहले पुरुष ५० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् भने एथलेटिक्समा प्रमिला रिजालले शुक्रबार १ सय मिटर महिला तथा शनिबार तिलकराम थारुले १ सय मिटर पुरुषमा सहभागिता जनाउने छन् । श्रेयासँगै सुटिङकी अर्की खेलाडी पनि ओलम्पिकबाट बाहिरसकेका छन् ।
बाँकी इभेन्टमा बिहीबार पौडीका प्रसिद्धजंग शाहले पुरुष ५० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् भने एथलेटिक्समा प्रमिला रिजालले शुक्रबार १ सय मिटर महिला तथा शनिबार तिलकराम थारुले १ सय मिटर पुरुषमा सहभागिता जनाउने छन् ।