हेर्नुहोस् 'नेपालको मुटुको बिजोग'
जेठ १८ । असन चोकदेखि हनुमानढोका अर्थात विशाल बजार जाने बाटोमा करिब डेढ सय मिटर अगाडी जाँदा बाटो भत्काइएको छ । त्यही भत्किएको सडकमै नेपालको झण्डा राखेर झण्डा मुनि बोर्ड जस्तै बनाएर 'नेपालको मुटुको बिजोग' भनेर लेखिएको छ ।
तपाई त्यहाँ पुग्दा अचम्ममा पनि पर्न सक्नुहुनेछ । नेपालको झण्डामुनि किन यस्तो कुरो लेखियो भनेर । तर अचम्म नमाने हुने भएको छ ।
ढल निकास मर्मतका लागि भन्दै भत्काइएको २१ दिनसम्म पनि सडक नबनाइए पछि स्थानीय आक्रोशित भएर ध्यानाकर्षण गराउन उक्त कार्य गरेका हुन् ।
त्यहाँ आज भन्दा २१ दिन अघि सडकलाई ढल बनाउन भन्दै बिच सडकमै खनिएको भए पनि आजसम्म नबने पछि वाक्कदिक्क भएका स्थानीयले केही नलागेर असनलाई नेपालको मुटु मानेर उनीहरुले व्यंग्त्यात्मक तरिकाले सडक बनाईदिन माग गर्दै उक्त कुरा त्यहाँ लेखेका हुन् ।
सडक देब्रै पट्टि पसल गरिरहेका उद्यप डंगोलले २१ दिनसम्म पनि सडक नबन्दा पानी पर्दा त्यहाँका स्थानीय तथा यात्रुहरुको बिजोग हुने गरेको सुनाए ।
प्रकाशित मिति:
June 01, 2013