मंगलग्रहमा छेपारोपछि मुसाको आकृति भेटियो
जेठ १७ । वैज्ञानिकहरुले मंगल ग्रहमा जिवजन्तु बाच्न सक्ने या नसक्नेबारे अनुसन्धान गरिरहेको अवस्थामा त्यहाँ छेपारो देखिएको प्रसंग सेलाउन नपाउँदै पुनः एउटा मुसाको आकृति फेला परेको छ ।
रातो ग्रहको नामले समेत चिनिएको उक्त ग्रहमा जीवन हुनसक्ने विषयको खोज वैज्ञानिकहरुले गरिरहेको अवस्थामा मंगल ग्रहबाट नासाको क्युरियोसिटीले पठाएको तस्बिरमा उक्त आकृति फेला परेको हो ।
![]() |
मंगल ग्रहमा देखिएको मुसाको आकृति । |
विज्ञान सम्बन्धि ब्लग लेख्दै आएका ती व्यक्तिको दाबीमा कुनै वैज्ञानिक तथा विश्वसनीय प्रमाण नरहेको भए पनि उनको दाबी पछि फेला परेको मुसोले आकृतिले भने उनको दाबीलाई थप मद्धत पुगेको छ ।
ती जापानी युवाले नासाले गएको मार्चमा सार्वजनिक गरेको मंगल ग्रहको तस्वीरको सुक्ष्म अवलोकन गर्दा आफुले त्यहाँ छेपारो जस्तो जन्तु देखेको दाबी गरेका छन् ।
मंगल ग्रहमा अलिअलि पानी रहेको बताइएकाले त्यहाँ मरुभूमीय प्राणी पाउने सम्भावना बढ्दै गएको वैज्ञानिकवृतमा चर्चा चुलिएर गएको छ । त्यसो त त्यहाँ अहिले पनि क्युरियोसिटीले अनुसन्धान जारी राखेको छ ।
प्रकाशित मिति:
June 01, 2013