यसरी भईन चीनकी वेन सि यु विश्व सुन्दरी (भिडियो पनि)
साउन ३ – ६२ औं मिस वर्ल्डमा विश्वभरका १ सय १५ प्रतिस्पर्धीलाई पछि पार्दै चीनकी वेन सि युले मिस वर्ल्ड– २०१२ को ताज पहिरिन सफल भएकी छन् ।
चीनको ओर्डोसमा भएको सुन्दरी प्रतियोगितामा आयोजक राष्ट्रकै उनले यो पटकको ताज आफ्नै पोल्टामा पार्न सफल भएकी हुन् ।
मिस वर्ल्ड–२०१२ बिजेता वेन संगीतकी विद्यार्थी हुन् । उनको इच्छा भनेको संगीत शिक्षिका बन्ने रहेको थियो ।
यस्तै, प्रतियोगिता अन्तर्गत वेल्स सुन्दरी सोफी मौल्ड्स फस्ट रनर अप घोषित भइन भने अष्ट्रेलियाली सुन्दरी जेसिका काहावाते सेकेन्ड रनर अपमा समेटिएकी छन् ।
उत्कृष्ट सातमा उनीहरुका साथै जमैका, भारत, दक्षिणी सुडान र ब्राजिका सुन्दरी परे तर नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल सृष्टि श्रेष्ठले भने कुनै पनि उपाधि पाउन सकिनन् ।
सृष्टि बीच ब्यूटीको शीर्ष १० मा समेत पर्न सफल भए पनि उपाधि भने जितिनन् । कुनै समय शीर्ष १४ मा रहेकी सृष्टि त्यसपछि भने राम्रो प्रदर्शन नहुँदा शीर्ष १५ बाट बाहिरिएकी थिइन् । समग्रमा उनी २१ औँ स्थानमा रहिन ।
सन् १९९४ देखि नेपालले पनि सहभागीता जनाइरहेकामा चीनमा रहेकी सृष्टि सबैभन्दा सफल सहभागी मानिन्छिन् । यसअघि कुनै पनि नेपालीले शीर्ष ३० भित्र पर्न सकेका थिएनन् ।
- मिस वर्ल्ड ट्यालेन्ट अवार्ड- चीन
- मिस वर्ल्ड स्पार्ट्स अवार्ड- स्विडेन
- मल्टिमिडिया अवार्ड-भारत
- बिच फेसन अवार्ड- वेल्स
- टप मोडल अवार्ड- दक्षिण सुडान

प्रकाशित मिति:
August 19, 2012