खबरदार ! अनियन्त्रित बिषादीको प्रयोगले स्वास्थ्यमै खतरा ?
नारायण कुमार राई – तथ्यांक अनुसार नेपालमा अहिले सबैभन्दा बढी बिषादी प्रयोग गर्ने जिल्ला काभ्रे जिल्ला हो । हाल त्यहाँ अत्याधिक विषादी प्रयोगको असरले महिलाहरुमा बांझोपन र मानिसहरुमा बिभिन्न प्रकारको क्यान्सरका प्रकोप देखिएको छ ।
जिल्ला कृषि कार्यालय धनकुटाका अनुसार आ.ब.०६७/०६८ मा मात्र नेपालमा ३ लाख ३५ हजार ६ सय ७४ लिटर÷के.जी. विषादी खपत गरिएको छ । जसमा धनकुटाले मात्र आ.ब.०६८/०६९ मा १० हजार ४ सय ८० लिटर/के.जी.खपत गरेको छ । यहां सबैभन्दा धेरै बिषादी प्रयोग गर्ने गा.बि.स.हरु सिंधुवा र बेलहारा रहेका छन् । यो बर्ष धनकुटाबाट ७९ करोडको तरकारी निर्यात् गरिएको छ जसमा बिषादीको प्रयोग कति भयो होला ? यसले मानव स्वास्थ्यमा कस्तो असर प¥यो होला ? यसको लेखाजोखा कुनै निकायबाट भएको छैन ।
नेपालामा अहिले विषादी प्रयोगको अवस्था निकै भयावह र अनियन्त्रित भएको छ । पूर्वी नेपालमा बिषादीको प्रयोग कति भईरहेको छ भन्ने तथ्याङ्क प्राप्त हुन नसकेपनि पूवी क्षेत्रमा खपत हुने तरकारी उत्पादन धनकुटा बाट यो बर्ष ७९ करोड बराबरको ४० हजार टन भन्दा माथि धनकुटाबाट मात्र तरकारी तराई क्षेत्रमा निर्यात भयो । जुन तरकारी निर्यात गर्दा त्यसमा प्रयोग भएका बिषादी समेत उपभोक्ताहरुले उपभोग गरे ।
यसरी बिषादी प्रयोग गरिएको तरकारी तत्कालिन रुपमा असर नदेखिएपनि दीर्घकालिन रुपमा कस्तो असर पर्ने हो सम्बन्धित निकायले कुनै अध्ययन र अनुगमन गरेको पाईन्दैन । उता बिषादी प्रयोग कर्ताको अवस्थाको त झन स्थिति निकै भयावह रहेको छ । बिषादी प्रयोग कर्ताहरुको बारेमा कृषि बिकास कार्यालय धनकुटाका प्रमुख होमनाथ लम्साल भन्नु हुन्छ–‘व्यबसायिक रुपमा उत्पादन गर्नु परेकोले किसानहरु बिषादी प्रयोग गर्न बाध्य छन् । यदि सरकारले अनुदानमा कुनै बिकल्प दिएको भए उनीहरुले बिषादी प्रयोग गर्ने थिएनन् होला ।’
उहाँका अनुसार हाल नेपाल भरीका कृषि बिकास कार्यालयहरुले किसानहरुलाई बिषादी प्रयोग र यसका असरको बारेमा सचेतना कार्याक्रम संञ्चालन गरिरहेको जानकारी दिनु भयो । तर उहाँका अनुसार अझैं पनि कतिपय किसानहरुले तोकेको मापदण्ड भन्दा बढी र अड्कलमा बिषादी प्रयोग गरिरहेको बताउनु भयो । ‘यसलाई रोक्ने कृषि कार्यालयले बेला–बेलामा अनुगमन गरेर सचेत गराउने हो । तर हामीले जबरजस्ती र कडा निर्देशन दिएर केहि काम हुनेवाला छैन किनकी बिषादीको बारेमा किसानहरु आफैं सचेत भएमा मात्र यसको प्रयोगमा कमि तथा व्यबस्थापन हुन सक्छ ।’ लम्सालले तेश्रोधार संग बताउनु भयो ।
उहाँले प्राकृतिक रुपमा पाईने तीतो, टर्राे र अमिले जातको बनस्पतीलाई गाई तथा भैंसीको पिसावमा कुहाएर घरेलु विषादी बनाएर प्रयोग गर्न पनि सुझाव दिनु भयो । त्यस्तै धनकुटा बजारमा सबैभन्दा धेरै बिषादी तथा औषधी व्यापार गरेर बस्ने कोशी पहाडि एग्रोभेटका संञ्चालक रमेश बुढाथाकीका अनुसार किसानहरुलाई तरकारीमा बिषादी प्रयोग गर्नको लागि सामान्यतया बिषादी प्रयोग र तरकारी टिप्ने अन्तर ३ देखि २२ वा ९० दिन सम्म भएपनि किसानहरुले उक्त कुराको धेरैले कार्यान्वयन नगरेको पाईएको बताउनु भयो । उहाँ भन्नु हुन्छ –‘हामीले त भनेर पठाउने हो तर टमाटरहरु डाईथिन बिसादी सहितको बेच्न ल्याएका हुन्छन् । अनि किसानहरुले बिषादी प्रयोग गर्ने नियम के मानेका होलान् र ?’
अहिले धनकुटामा सबै भन्दा बढी तरकारी उत्पादन हुने बेलहारा र सिंधुवा गा.बि.समा सबैभन्दा धेरै बिषादी प्रयोग गरेको पाईएको छ । धनकुटा बजारका ३ र बेलहारा गुठीटारका २ गरी पाँच एग्रोभेट बाट यो बर्ष बेलहारा क्षेत्रमा १ हजार ८ सय ५० लिटर/के.जी.भन्दा माथि बिषादी प्रयोग गरिएको छ भने हिलेका २ र सिंधुवा क्षेत्रका ४ एग्राभेटकाबाट २ हजार ३ सय ५० लिटर/के.जी भन्दा बढी बिषादी प्रयोग गरिएको पाईएको छ । अत्याधिक बिषादी र युरिया मल प्रयोगका कारण टमाटर नपाक्ने ,खुर्सानी कम पीरो हुने सव्जीहरु केहि समय राख्ने बित्तिकै बिग्रने समस्याहरु देखापरिरहेको उपभोक्ताहरुले गुनासो गर्न थालेका छन् ।
तत्कालिन असरहरु :
रिंगटा लाग्ने,टाउको दुख्ने ,पक्षघात, थकाई लाग्नु,मुर्छापर्नु, छात्ति दुख्नु,मांसपेशी बटारिनु,आँखा पोल्नु,कम्पन हुनु,स्वाँ–स्वाँ हुनु, बढी ¥याल चुहिनु
दीर्घकालिन रोगहरु
मुटु सम्बन्धी रोग ,स्नायु सम्बन्धी रोग (पक्षघात ,मानसिक असन्तुलन आदी) ,क्यान्सर(छालाको) ,ट्युमर ,मृगौला सम्बन्धी रोग ,स्वास–प्रश्वास सम्बन्धी रोग ,बिषादी युक्त खाद्यन्न मानिसले र दाना तथा घाँस पशुपन्छिहरुले खाने भएकाले हरेक खाने कुराहरुमा बिसादीको मात्रा भएकाले त्यसको असरले वंशाणु परिवर्तन भई अपाङ्ग र असामान्य शिसुहरुको जन्म हुन सक्ने ।
बिषादीका किसिम र संकेत
तरकारीमा प्रयोग हुने बिसादीहरु: फोटो संकलन नारायण कुमार राई

प्रकाशित मिति:
September 20, 2012