नहरमा डुबेको अवस्थामा महिलाको शव फेला
भदौ ३० – सप्तरीमा आज एक अपरिचित महिलाको शव फेला परेको छ ।
घोघनपुर–४ स्थित चन्द्र नहरमा डुबेको अवस्थामा करिब ३० वर्षीया अपरिचित महिलाको शव फेला परेको हो ।
कुकुर–स्यालले खुट्टादेखि तिघ्रासम्म खाएको र सडेगलेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
शव परीक्षणका लागि सदरमुकाम राजविराज ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
September 15, 2012