• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » कुकुर र बिरालोको बन्ध्याकरण सम्पन्न
कुकुर र बिरालोको बन्ध्याकरण सम्पन्न


असोज १३ – रेविज रोग उन्मुलन गर्दै इलाम जिल्लालाई रेविज मुक्त जिल्ला बनाउने अभियानअन्तर्गत यहाँ सञ्चालित एकहप्ते कुकुर र बिरालोको बन्ध्याकरण शिविर सकिएको छ ।

रेविजलाई इतिहासमा सीमित गर्न सबै मिली काम गरौँ भन्ने नाराका साथ सुरू गरिएको शिविरमा १६८ वटा कुकुर र छ वटा बिरालोको बन्ध्याकरण गरिएको जिल्ला पशुसेवा कार्यालयका प्राविधिक डीकबहादुर कार्कीले बताए ।

हिमालयन एनिमल रेस्क्यु ट्रष्ट (हार्ट) को प्राविधिक सहयोग, जिल्ला पशुसेवा कार्यालय र इलाम नगरपालिकाको आयोजनामा गत शनिबारदेखि सुरू गरिएको सो शिविरमा सदरमुकाम र आसपासका क्षेत्रका सामुदायिक (भूस्याहा) कुकुरको बन्ध्याकरण गरिएको छ ।

इलाममा अघिल्लो वर्ष पनि २१४ कुकुरको बन्ध्याकरण गरिएको थियो ।

पूर्वाञ्चल क्षेत्रीय पशुसेवा निर्देशनालयका चिकित्सक भूवनेश्वर शर्माले रेविज नियन्त्रणका लागि सामुदायिक कुकुर बन्ध्याकरण शिविर प्रभावकारी भएको भन्दै रेविज नियन्त्रणका लागि पूर्वाञ्चलका १६ वटै जिल्लामा निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गरिने जानकारी दिए ।

रेविजका कारण विश्वमा हरेक वर्ष ५५ हजार मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कमा उल्लेख छ ।


नेपालमा मात्र हरेक वर्ष रेविजबाट २०० मानिसको मृत्यु हुने गरेको जनाइएको छ । रासस

प्रकाशित मिति: September 29, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |