• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » मरेको चिल भेटिएपछि प्राधिकरण भन्छ – 'विमान चिलसँग ठोकिएर दुर्घटना'
मरेको चिल भेटिएपछि प्राधिकरण भन्छ – 'विमान चिलसँग ठोकिएर दुर्घटना'

विमान दुर्घटनास्थल नजिकै फेला परेको चिल ।
असोज १२ – दुर्घटनास्थल नजिकै एउटा मृत अवस्थामा चिल फेला परेपछि नेपाल नागरिक उड्ययन प्राधिकरणले आज बिहान १९ जनाको ज्यान गरी भएको सीता एयरको दुर्घटना चरासँग ठोकिएर भएको जनाएको छ ।

दुर्घटना लगत्तै दुर्घटनास्थलमा चिल मृत अवस्थामा फेला परेपछि प्राधिकरणले दुर्घटनाको कारण चिलसँग ठोकिएर हुनसक्ने अनुमान गरेको हो ।


तर, उक्त दुर्घटना चिलमा नै ठोकिएर भएको हो या अन्य कारणले नै भन्नेबारे भने पुष्टि भएको छैन ।

उक्त विमानका चालक विजय तन्डुकारले जहाज दुर्घटनामा पर्नु अघि कन्ट्रोला टावरसँग जहाज चिलसँग ठोक्किएको जानकारी गराएको बताइएको छ ।

यसै आधारलाई लिएर पनि विमान चिलसँग ठोकिएर दुर्घटनामा परेको अुनमान गरिएको छ । तर यसको पुष्टि भने अनुसन्धानपछि मात्रै हुनेछ ।

यसैबीच, त्रिभुवन विमास्थल प्रमुखले पनि आजै एक प्रेस विज्ञप्ति जारी गर्दै दुर्घटना चरासँग ठोकिएर भएको उल्लेख गरेका छन् ।
यो पनि पढ्नुहोस
- आँखै अगाडी विमान खस्यो र खरानी भो (फोटो फिचर)


- सीता एयरको विमान उडेको २ मिनेटमै दुर्घटना, १९ जनाको मृत्यु


- यसरी गुमाए विमान दुर्घटनामा १९ जनाले ज्यान (भिडियो पनि) 

प्रकाशित मिति: September 28, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |