मरेको चिल भेटिएपछि प्राधिकरण भन्छ – 'विमान चिलसँग ठोकिएर दुर्घटना'
विमान दुर्घटनास्थल नजिकै फेला परेको चिल । |
दुर्घटना लगत्तै दुर्घटनास्थलमा चिल मृत अवस्थामा फेला परेपछि प्राधिकरणले दुर्घटनाको कारण चिलसँग ठोकिएर हुनसक्ने अनुमान गरेको हो ।
तर, उक्त दुर्घटना चिलमा नै ठोकिएर भएको हो या अन्य कारणले नै भन्नेबारे भने पुष्टि भएको छैन ।
उक्त विमानका चालक विजय तन्डुकारले जहाज दुर्घटनामा पर्नु अघि कन्ट्रोला टावरसँग जहाज चिलसँग ठोक्किएको जानकारी गराएको बताइएको छ ।
यसै आधारलाई लिएर पनि विमान चिलसँग ठोकिएर दुर्घटनामा परेको अुनमान गरिएको छ । तर यसको पुष्टि भने अनुसन्धानपछि मात्रै हुनेछ ।
यसैबीच, त्रिभुवन विमास्थल प्रमुखले पनि आजै एक प्रेस विज्ञप्ति जारी गर्दै दुर्घटना चरासँग ठोकिएर भएको उल्लेख गरेका छन् ।
यो पनि पढ्नुहोस
- आँखै अगाडी विमान खस्यो र खरानी भो (फोटो फिचर)
- सीता एयरको विमान उडेको २ मिनेटमै दुर्घटना, १९ जनाको मृत्यु
- यसरी गुमाए विमान दुर्घटनामा १९ जनाले ज्यान (भिडियो पनि)
प्रकाशित मिति:
September 28, 2012