अध्यक्ष वैद्यलाई कारबाही थाल्न प्रधानमन्त्री बाबुरामको निर्देशन
असोज १२ – भारतीय नम्बरका सवारी साधनमा रोक लगाएपछि प्रधानमन्त्री डा. बाबुरामले नेकपा–माओवादीमाथि कारबाही थाल्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री भट्टराईले आज बिहान प्रधानमन्त्री निवासमा गृहमन्त्री विजयकुमार गच्छदारलाई यस्तो निर्देशन दिएका हुन् ।
सो अवसरमा बाबुरामले भारतीय नम्बर प्लेटका गाडी रोक्नु अत्यन्तै संवेदनशील भएको भन्दै गाडी रोक्नेलाई तत्काल कारबाही गर्नु भनेका छन् ।
मोहन वैद्य नेतृत्वको माओवादी ११ गतेदेखि भारतीय नम्बर प्लेटका सवारी साधनका साथै अश्लिल तथा वितृष्णा फैलाउने भारतीय गीत संगीतमा समेत रोक लगाएको छ ।
माओवादीका कार्यकर्ताले ठाउँ ठाउँमा भारतीय नम्बर प्लेटका गाडी चल्न नदिन थालेपछि प्रधानमन्त्रीले आज यस्तो निर्देशन दिएका हुन् ।
नेकपा माओवादीले आगामी मंसिर १० गतेसम्म भारतीय सवारी साधन सञ्चालनमा रोक लगाइएको निर्णय गरेको हो ।
प्रकाशित मिति:
September 28, 2012