• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » अध्यक्ष वैद्यलाई कारबाही थाल्न प्रधानमन्त्री बाबुरामको निर्देशन
अध्यक्ष वैद्यलाई कारबाही थाल्न प्रधानमन्त्री बाबुरामको निर्देशन


असोज १२ – भारतीय नम्बरका सवारी साधनमा रोक लगाएपछि प्रधानमन्त्री डा. बाबुरामले नेकपा–माओवादीमाथि कारबाही थाल्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री भट्टराईले आज बिहान प्रधानमन्त्री निवासमा गृहमन्त्री विजयकुमार गच्छदारलाई यस्तो निर्देशन दिएका हुन् ।

सो अवसरमा बाबुरामले भारतीय नम्बर प्लेटका गाडी रोक्नु अत्यन्तै संवेदनशील भएको भन्दै गाडी रोक्नेलाई तत्काल कारबाही गर्नु भनेका छन् ।

मोहन वैद्य नेतृत्वको माओवादी ११ गतेदेखि भारतीय नम्बर प्लेटका सवारी साधनका साथै अश्लिल तथा वितृष्णा फैलाउने भारतीय गीत संगीतमा समेत रोक लगाएको छ ।

माओवादीका कार्यकर्ताले ठाउँ ठाउँमा भारतीय नम्बर प्लेटका गाडी चल्न नदिन थालेपछि प्रधानमन्त्रीले आज यस्तो निर्देशन दिएका हुन् ।

नेकपा माओवादीले आगामी मंसिर १० गतेसम्म भारतीय सवारी साधन सञ्चालनमा रोक लगाइएको निर्णय गरेको हो ।

प्रकाशित मिति: September 28, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |