१ करोड २० लाख मतदाता छन् निर्वाचनको वातावरण तय गर : उप्रेती
असोज ११ – निर्वाचन आयोगका प्रमुख आयुक्त निलकण्ठ उप्रेतीले वैशाखमा निर्वाचन गर्ने भए मंसीरमा सबै बाधा अड्चन फुकाईसक्नुपर्ने बताएका छन् ।
उप्रेतीले मतदान गर्ने मिति भन्दा १ सय २० दिन अघि संवैधानिक अड्चन फुकी सक्नुपर्ने समेत बताएका छन् ।
फेरि पनि समयमा नै सहमति हुन नसके निर्वाचन गर्न कठिनाई हुने भन्दै उनले संवैधानिक बाधा हटाएर निर्वाचन आयोगमा पदाधिकारी नियुक्त भई सक्नुपर्ने धारणा राखे ।
सो अवसरमा उनले राजनीतिक दलहरुलाई निर्वाचनका लागि वातावरण बनाई दिन आग्रह समेत गरेका छन् ।
उनले आगामी वैशाखमा निर्वाचन भए १ करोड २० लाख मतदाताले आफ्नो अधिकार प्रयोग गर्न सक्ने उल्लेख गर्दै अहिलेसम्म १ करोड २० लाख मतदाता आईसकेको र अझै १० लाख बाँकी रहेकाले उनीहरु समेत वैशाखसम्ममा आईसक्ने जनाए ।
प्रकाशित मिति:
September 27, 2012