नेपाललाई जिताउन अपिल
अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिएका नेपाली संस्थाहरुलाई अन्तिम चरणमा आएर भोटका आवश्यकता झनै आवश्यक परेको छ ।
चेज कम्युनिटीले च्यारिटी संस्थाबीच गरिएको प्रतिस्पर्धा विजेताले २ लाख ५० हजार डलर हात पार्ने भएपनि नेपाल त्यसमा दोस्रोमा नम्बरमा पर्ने भएको छ । एक इजिष्टको संस्थाले त्यहाँको राष्ट्रिय सञ्चारमाध्यमको साथ पाएकाले नेपाललाई दोस्रोमा पारेको हो ।
प्रतियोगिता अन्तर्गत नै अन्य २ वटा संस्था पनि सहभागी छन् । उनीहरु टप टेनमा पर्न सफल भएमा १/१ लाख अमेरिकी डलर पाउनेछन् । उक्त रकम नेपालको दुर्गम जिल्लामा स्वास्थ्य शिक्षा क्षेत्रमा प्रयोग गरिनेछ ।
Nyaya Health लाई भोट गर्न यो लिंकमा क्लिक गर्नुस : http://bit.ly/votefornepal
GMIN लाई भोट गर्न यो लिंकमा क्लिक गर्नुस : http://apps.facebook.com/chasecommunitygiving/charity/view/ein/27-1487722?ref=356528811e
यस्तै विषयमा हेल्प नेपालका रविन्द्र मिश्रले गरेको अपिल यस्तो छ:
Nyaya Health लाई संकटबाट उद्दार गरौं
हाम्रो भारतीय प्रतिश्पर्धीभन्दा हामी अहिले १० हजार भोटले अगाडि छौं। तर मैले हिजो उल्लेख गरे झै जीवनमा धेरै अनपेक्षीत कुराहरु हुन्छन्।
अस्ति अन्जान विन्दुबाट २४ घण्टाभन्दा कम समयमा इजिप्शनहरूको एउटा संस्थाले ५५ हजार भोट लेराएर एक नम्बरमा आइदियो। त्यो असंभव सुनिने भोट उनीहरूले नियमपूर्वक ल्याए कि ल्याएनन् भन्ने छानविन गर्न प्रशस्त निवेदनहरू परेका छन्। त्यो बैध
देखियो भने हामीले दोस्रो स्थानमा खुशिसाथ चित्त बुझाउनु पर्ने हुन्छ। नत्र हामी प्रथम हुने संभावना अझै पनि छ। दोस्रो भए पनि हामी एक लाख डलर चाहिं पाउंछौं। ७ हजार संस्थाले भाग लिएको विश्वब्यापि प्रतियोगितामा दोस्रो हुनु पनि ठूलो कुरा हो। नेपालीहरू मिलेपछि असंभव पनि संभव हुंदो रहेछ।
हामीले प्रथम भएर दुई लाख ५० हजार डलर जित्न भारतीय संस्थासंग तिब्र प्रतिश्पर्धा गर्नुपरेकोले नेपालका अन्य दुई परोपकारी संस्थामा त्यति ध्यान दिन पाएनौं। ती दुबै संस्था 'पहिलो १०' भित्र परे भने तिनले पनि एक/एक लाख अमेरिकी डलर पाउंछन्। GMIN र Nyaya Health दुबैले राम्रो काम गरेका छन्।
GMIN को 'पहिलो १०' मा स्थान सुरक्षित छ भने Nyaya Health को स्थिति सुध्रिएको भए पनि अझै सुरक्षीत छैन। नत्र उनीहरूले ५० हजार अमेरिकी डलर मात्र पाउंछन्। त्यसको असर अछामका विपन्न नेपालीहरूलाई पर्छ जहां Nyaya Health ले राम्रो अस्पताल चलाइरहेको छ।
त्यसैले अब केही समय Nyaya Health लाई भोट गरिदिनु हाम्रो कर्तब्य हुन आउंछ। हेल्प नेपाललाई संकट पर्यो भने, तपाईंहरूलाई गुहार्ने नै छु।
भोट गर्ने तरिका त उही हो:
१. यो लिंकमा क्लिक गर्नुस: http://bit.ly/votefornepal
२. Vote बटनमा क्लिक गर्नुस्। संगै "Allow Application" देखा पर्छ। त्यसमा क्लिक गर्नोस् अनि नयां पेजमा Log in with facebook मा क्लिक गर्नुस्।
३. Vote बटनमा क्लिक गर्नुस् ।
प्रकाशित मिति:
September 19, 2012