फेसबुक र ट्वीटरको पनि बिमाको व्यवस्था
हुन त नेपालमा बिमाको व्यवस्था त्यति धेरै चलन चल्तीमा नआएर पनि यसको महत्व त्यति धेरै नहोला । तर, पश्चिमा राष्ट्रतिर भने विश्वभर झामिएको सोसियल मिडिया फेसबुक र ट्विटरको पनि बिमा हुन थालेको छ ।
फेसबुक तथा ट्विटरका अकाउन्टहरु दुरुपयोग बढेर टाउको दुखाईको विषय बनिरहेको बेला बेलयातको एक कम्पनीले सोसियल मिडियाको बिमा गर्ने सेवा सुरु गरेको हो ।
उक्त कम्पनीले पहिलो पटक बेलायतभित्र यस्तो सेवा सुरु गरेको बताएको छ ।
उक्त बिमा सेवा प्रदायक कम्पनीका एक मूख्य अधिकारी जस्टिन बैसिनीले अहिले इन्टरनेट चलाउने सबैलाई कहीँ न कहीँ खतरा भएको भन्दै यस्तो सेवाको सुरुवात गरेको जनाएको छ ।
अकाउन्ट ह्याक गरेर मानिसको छवीमा ठेस पुर्याउने, अकाउन्टको आईडी र पासवर्ड चोरी र दुरुपयोग गर्ने विरुद्द विमाको सेवा सुरु गरेको कम्पनीको भनाई छ ।
प्रकाशित मिति:
September 19, 2012