प्रयास गर्दा गर्दै पनि आउट
ब्रिटिसकी लौरा रोब्सनसँग पराजित हुँदै चीनकी लि ना युएस ओपन टेनिसको तेस्रो चरणबाट आउट भएकी छिन् ।
बेलायतकी १८ वर्षकी लौरा रोब्सनसँग ६–४, ६–७ र ६–२ को सोझो सेटमा पराजित हुँदै लि ना प्रतियोगिताबाट आउट भएकी हुन् ।
जितसँगै रोब्सन १४ वर्षपछि ग्रान्डस्लामको अन्तिम १६ मा पुग्ने पहिलो ब्रिटिस महिला खेलाडी बनेकी छिन् ।
यसअघि बेलायतकी साम स्मिथ सन् १९९८ मा विम्बल्डनको चौथो चरणमा पुगेकी थिइन् ।
महिलातर्फकै खेलमा तेस्रो बरियताकी मारिया सारापोभा, चेक गणतन्त्रकी पेट्रा भिटोभा तथा रसियाकी नादिया पेट्रोभाले अन्तिम १६ मा स्थान पक्का गरेका छन् ।
यस्तै पुरुषतर्फको खेलमा दोस्रो वरियताका नोभाक जोकोभिच, अमेरिकी एन्डी रोडिक र स्पेनका डेभिड फेरर तेस्रो चरण प्रवेश गरेका छन् ।
प्रकाशित मिति:
September 01, 2012