अफगानिस्तानमा नेपाली मारिएको हल्ला निराधर
असोज २ – यसअघि अफगानिस्तानमा बम आक्रमणमा परी नेपाली मारिएको भन्ने हल्ला निराधर भएको भएको छ ।
केही दिन अघि अफगानिस्तानमा भएको आत्मघाती बम आक्रमणमा नेपालीको मृत्यु भएको भनेर सोसियल मिडियामा चर्चा छाएको थियो ।
सो बम विष्फोटमा १२ जना व्यक्तिको ज्यान गएको थियो । तर, आज त्यहाँको समाचार एजेन्सी बोक्दीले अफगानि सरकारलाई उदृत गर्दै मारिएकाहरु आठ जना विदेशी दक्षिणी अफ्रिकी रहेको पुष्टि गरेको हो ।
अफगानिस्तानमा नेपाली दुताबास नभएकाले पनि पहिले नेपाली मारिएको भनेर गरिएको प्रचारको पुष्टि हुन सकेको थिएन । अगानिस्तानका दूताबासका लागि पाकिस्तानी दूताबासले नै हेर्दै आएको छ ।
केही दिनअघि अमेरिकाद्वारा निर्मित एक चलचित्रमा आफ्ना धर्मगुरुको अपमान गरेको भन्दै तालेवानले त्यहाँ आत्माघाती आक्रमण गर्दा ८ जना विदेशीसहित १३ जनाको ज्यान गएको थियो ।
सो चलचित्रको विरोधमा अहिले पनि विश्वभरका मुस्लिम समुदायले विरोध गर्दै आएका छन् ।
प्रकाशित मिति:
September 18, 2012