असोज १३ – बृहत शान्ति सम्झौता पछि शान्ति प्रक्रियामा आएको थुप्रै वर्षपछि मात्रै केही दिन अगाडी अमेरिकाले नेपाली माओवादीलाई आतंककारी सुचिबाट बल्लतल्ल हटाएको छ ।
पटक–पटक माओवादीले आफूहरु हतियार छाडेर शान्ति प्रक्रियामा आएको भन्दै आतंककारीको सुचिबाट हटाउन आग्रह अमेरिकालाई आग्रह गर्दै आए पनि अमेरिकाले लामो समयसम्म माओवादीलाई आतंककारीको बिल्ला भिराईनै राख्यो ।
तर, ढिला चाँडो जे भए पनि माओवादीलाई पनि आकंतकारीको सुचिबाट हटायो अनि माओवादीहरु आतंककारीको सुचिबाट हटेकोमा खुबै खुसी पनि भए ।
तर, अहिले अमेरिकाले माओवादीलाई यसरी आतंककारीको सुचिबाट हटाउनको पछाडी पनि सर्त भने भिराएको खुल्न आएको छ ।
जुन सर्तमध्ये अमेरिकालाई तिब्बतीय शरणार्थीसम्बन्धमा नेपालबाट सकारात्मक, लचिलो र सहयोगी भूमिका खेल्नुपर्ने भन्ने विषयलाई जोड तोडका साथ उठाएको छ भने अर्को शर्तमा मानवअधिकार, प्रजातन्त्र र शान्ति प्रक्रिया प्रति प्रतिबद्व रहनुपर्ने राखेको छ ।
मुख्य रुपमा दोस्रो शर्त शान्ति प्रक्रियामा आईसकेपछि खुल्ला राजनीतिमा यसलाई सहज रुपमा लिन सकिने बताइन्छ ।
तर, जुन पहिलो शर्त तिब्बतियनको सम्बन्धमा भने निक्कै गम्भीर विषय समेत बनेको छ ।
यसमा अमेरिकाले माओवादीलाई विश्वास गरेर भन्दा पनि स्वार्थ पूरा गर्न यो काम गरेको बुझ्न सकिन्छ ।
एक चीन नीति अगालेको नेपालले यो शर्तलाई पालना गर्दै जाने हो देशले कुन बाटो मोड्ने हो भन्नेमा शंका उब्जिएको छ ।
किन की तिब्बतीय शरणार्थीसम्बन्धमा नेपालले सकारात्मक, लचिलो र सहयोगी भूमिका खेल्नु भनेको चीनमा बुझाईमा नेपाल चीन बिरोधी क्रियाकलापमा सहयोगी बन्नु बराबर जस्तै हो ।