यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो, १५ जना घाइतेको उपचार सुरु
भदौ २४ – गुल्मीको तम्घासबाट काठमाडौँका लागि छुटेको लु १ ख ५५८३ नम्बरको बस दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या १४ पुगेको छ ।
गुल्मीको हर्दिनेटा गाविसको लुम्छामा भएको उक्त बस दुर्घटनामा परी अन्य दुई दर्जनको संख्यामा घाईते भएका छन । उक्त बस आज बिहान पौने सात बजेतिर अर्को गाडीलाई उछिन्ने क्रममा सडकबाट झण्डै ३ सय मिटर तल खोल्सामा खसेको थियो ।
दुर्घटनामा ११ जना घटनस्थलमा र ३ जना तानसेन स्थित मिसन अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते १५ जनाभन्दा बढीलाई उपचारका लागि मिसन अस्पताल ल्याइएको छ ।
बस क्षत विक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ । भीरमा घाइतेहरु अड्केका हुनसक्ने भन्दै खोजी कार्य जारी राखिएको छ । त्यहाँ स्थानीयवासी, प्रहरी लगायतले उद्दार कार्य गरिरहेका छन् ।
प्रकाशित मिति:
September 09, 2012